वालिङ महोत्सव चरम विवादमा, ठेकदारको महोत्सव उद्घाटन गर्न मुख्यमन्त्री पाण्डे आउलान् ?
मोहन गुरुङ
माघ १७, २०८० बुधबार १८:४०:२४
१७ माघ, काठमाडौं । आठौं वालिङ महोत्सवको विवादकाे ग्राफ चरम रुपमा बढ्दै गएको छ । महोत्सव घोषणा गरिएको मितिदेखि सुरु भएको विवादकाे ग्राफ उद्घाटन सत्रसम्म आइपुग्दा उत्कर्षमा पुगेको हो । प्रमुख अतिथिदेखि आर्थिक अनियमितताका अनेकन पाटो तथा निःशुल्क पास वितरणको खोसाखोसले यसपटकको वालिङ महोत्सव खल्लो हुने स्थानीयबासीले अनुमान लगाएका छन् । प्रतिव्यक्ति एक सय रूपैयाँ राखिएको प्रवेश शुल्क आर्थिक मन्दीको वर्तमान समयमा महँगो भएको भन्दै उद्योग वाणिज्य संघको चर्को आलोचना भएको छ भने आयोजक कमिटीले विभिन्न राजनीतिक दल, संघ-संगठन लगायतलाई निःशुल्क बाँड्ने प्रवेश पासको दवावले संघका पदाधिकारीहरू रन्थनिएका छन् ।
कहिले महोत्सव स्थल बारे विवाद, कहिले कार्यसमिति बैठकमा बैठक पुस्तिका खाेसाखाेस,च्याताच्यात र हात-हालाहाल त कहिले उद्घाटन सत्रका प्रमुख अतिथिको विवादले चर्चा कमाएको आठौं वालिङ महोत्सवको उद्घाटन गर्न गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आउने दावी आयाेजक पक्षकाे छ । नेपाली कांग्रेस वालिङमा संस्थापन र इतर पक्षका बीच प्रमुख अतिथि कसलाई बनाउने भन्ने अस्तित्वको लडाइँमा अन्ततः संस्थापन पक्षको जित भएको बताइएकाे छ ।
फरक फरक विषयमा विभिन्न मितिमा विवाद हुँदै आएको वालिङ महोत्सवको उद्घाटन गर्न गण्डकीका मुख्यमन्त्री पाण्डे नै आउने महोत्सव मुल आयोजक समितिका संयोजक एवं वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिए । वालिङ कांग्रेसमा संस्थापन पक्षधर मानिने अध्यक्ष श्रेष्ठले मुख्यमन्त्रीद्वारा भाेलि १२.३० मा महोत्सव उद्घाटन हुने नेपालबहससँग दावी गरे ।
उता मुख्यमन्त्रीकाे सचिवालयले भने महोत्सवमा जाने वा नजाने भन्ने विषय अझै नटुङ्गिएको बताए । सचिवालय स्रोतका अनुसार भोलि मुख्यमन्त्री पोखराका विभिन्न कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम रहेको छ । केही महिना अघि वालिङ नगरपालिकाद्वारा आयोजित एक कार्यक्रममा आएका मुख्यमन्त्री पाण्डे विवादमा परेका थिए । १२ किलोमिटर बाटोसँग १२ किलोको माला साटेको विषयमा मुख्यमन्त्रीको चर्को आलोचना भएको थियो ।
यसपाली पनि महोत्सव उद्घाटनमा आउन करिब ६० लाख रूपैयाँ दिने अनौपचारिक घोषणा भएको गोप्य स्रोतले जनाएको छ । महोत्सव संयोजक श्रेष्ठले पनि कार्यसमितिका पदाधिकारीहरूबीच प्रमुख अतिथि मुख्यमन्त्रीलाई बनाएको खण्डमा संघको बहुद्देश्यीय सभा हल पुनः निर्माण गर्न पैसा ल्याउने झुटो आश्वासन बाँड्दै आएका छन् ।
मोहन गुरुङ
नेपालबहस डटकमका सह–सम्पादक मोहन गुरुङ एक दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । स्याङजा दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका गुरुङले अकला आवाज साप्ताहिक, रेडियो वालिङ, सौर्य न्युज र नागरिक दैनिकमा काम गरिसकेका छन् । भ्रष्टाचार, अनियमितता, विकृति एवं विसंगतिका विरुद्ध तिखो कलम चलाउने गुरुङ आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर हुन् ।
लेखकबाट थपतेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु
जेठ ४, २०८१ शुक्रबार
जेठमा ‘हेटौंडा कला महोत्सव’ आयोजना हुने
बैशाख २५, २०८१ मंगलबार
गोरखामा सवा लाख रोट महोत्सव हुने
बैशाख २५, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार