कर्मचारी कुटपीट प्रकरण : डीएसपीलाई सचेत, असई निलम्बन, अधिकृतको सरुवा
नेपालबहस संवाददाता
माघ १७, २०८० बुधबार २१:१०:३३
१७ माघ, काठमाडौं । विमानस्थलमा प्रहरी कर्मचारी कुटपटि प्रकरणमा डीएसपीलाई लिखित सचेत गराउने, असईलाई निलम्बन र अधिकृतलाई सरुवासहित विभागीय कारबाहीको सिफारिस भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयभित्र भएको कुटपटिको छानबिन गर्न बनेको समितिले सो सिफारिस गरेको हो ।
विमानस्थल सुरक्षार्थ खटिएका डिएसपी रेवतीरमण पोखरेललाई कमाण्ड सम्हाल्न नसकेको आरोप लागेको छ । विमानस्थलमा कर्मचारी र प्रहरीबीच भएको कुटाकुट प्रकरणमा डीएसपी पोखरेल मातहत रहेका प्रहरीले कर्मचारीमाथि कुटपिट गरेको उनले कमाण्ड सम्हाल्न नसकेको भन्दै लिखित सचेत गराउन सिफारिस गरिएको छ ।
साथै अधिकृत छाँयालाल मोक्तानलाई अध्यागमन कार्यालयबाट हटाई विभागीय कारवाही गर्न र कुटपिटमा संलग्न असई सन्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरिएको छ । विमानस्थलमा कर्मचारी र प्रहरीबीच कुटाकुट भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले बनाएको समितिले प्रतिवेदन बुझाउँदै त्यस्तो सिफारिस गरेको हो । त्यसैगरी प्रहरी जवानद्वय रविरञ्जन गुप्ता र राजकुमार महत्तोलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।
गत शुक्रबार विमानस्थलस्थित अध्यागमन कार्यालयमा कर्मचारी र प्रहरीबीच विवाद हुँदा कुटाकुट भएको थियो । सो घट्नालाई लिएर माघ १२ गते मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । गठित समितिले गृहमन्त्रालयमा बुझाएको प्रतिवेदन अनुसार कुटपीटमा संलग्न अन्य दुई प्रहरीलाई भने विभागीय कारबाहीको सिफारिस गरिएको छ ।
छानबिन समितिमा प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जिसी सदस्य थिए । उनीहरूले सो प्रतिवेदन बुधबार मन्त्रालयमा बुझाएका हुन् । कर्मचारी कुटपीटपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरू प्रहरीलाई कारबाही माग गर्दै कालोपट्टी बाँधेर काम गरिरहेका थिए । कर्मचारीहरूले प्रहरीलाई कारवाही नभई देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए । तर गृहमन्त्री नारायणकाजी श्रेष्ठले समितिको प्रतिवेदन आएपछि कानुन अनुसार कारबाही गर्ने बताएका थिए ।
प्रहरीले अध्यागमनका नौ अधिकृतबीच भिजिट भिषाको सन्दर्भमा प्रतिशोध चलिरहेको छ । त्यही क्रममा प्रहरीले सहित २२ जनालाई ‘भिजिट भिसा’ मा मानव तस्करीको अभियोगमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहबारे अनुसन्धान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउँदै दोषी देखिएका २२ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको थियो ।
दोषी देखिएका २२ मध्ये १० जना प्रहरीको नियन्त्रणमा छन् भने १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । प्रहरीले नियन्त्रणमा लिएकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमन अधिकृत नरवीर खड्का र बाँकी नौजना ट्राभल एजेन्सी सञ्चालक छन् ।फरार सूचीमा अध्यागमनका पूर्वअधिकृतहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागो छन्। बाँकी चारजना बिचौलिया रहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार