कर्णालीका नेताहरुसँग ओलीले गरे छलफल
नेपालबहस संवाददाता
माघ १८, २०८० बिहिबार २२:२४:३१
१८ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुसँग बिहीबार छलफल गरेका छन् । केन्द्रीय कार्यालय च्यासलमा प्रदेश इन्चार्ज एवं पार्टी सचिव लेखराज भट्टलाई समेत बोलाएर अध्यक्ष ओलीले सम्वाद गरेका हुन् । पार्टी कसरी बलियो र एकताबद्ध बनाउने भनेर छलफल सुरु एमाले नेताले बताएका छन् ।
बिहीबार पार्टी अध्यक्ष ओली, प्रदेश इन्चार्ज भट्ट र स्थायी कमिटी सदस्य यमलाल कँडेलले आफ्नो कुरा राखे । तर अध्यक्ष ओलीले अर्को कार्यक्रममा जानुपर्ने भन्दै भोलि लामै सम्वाद गर्नेगरी आजको छलफल अन्त्य गरेका थिए । कर्णालीबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने २३ जनाकै कुरा सुनेर त्यहाँ देखिएको समस्या हल गर्नेगरी शुक्रबार छलफल हुने ओलीले बताएका छन् । तर बिहीबार संक्षेपमै भएपनि अध्यक्ष ओलीले केही निर्देशनात्मक कुरा राखेको छलफलमा सहभागी एक नेताले बताए ।
ती नेताका अनुसार, अध्यक्ष ओलीले कर्णालीमा प्रदेश अधिवेशनकै समयदेखि समस्या देखिन थालेको बताएका छन् । ‘पोलिटब्यूरो सदस्यले तल (प्रदेश अध्यक्ष बन्नेगरी) झर्नु हुँदैन भनेको थिएँ’, ओलीले नेताहरुसँग भने, ‘लक्ष्मी पोखरेल, मोहन बानियाँ र भैरवसुन्दर श्रेष्ठले भेट्न आएर हामीमध्ये एक जनाले नेतृत्व गर्छौ भन्दा मैले हुन्न भनेको हो ।’
तर आफ्नो निर्देशन विपरीत त्यहाँ निर्णय लिइएको ओलीले बताए । ‘केपी ओलीलाई देखाइदिने भनेर लाग्नुभयो । तर साथीहरुले बिर्सनुभएन म पार्टीको अध्यक्ष हो । संसदीयको दलको नेता हो, संवैधानिक परिषदको सदस्य’, अध्यक्ष ओलीले छलफलमा भनेका थिए ।
गत असोजमा सम्पन्न प्रदेश अधिवेशनबाट पोलिटब्यूरो सदस्य शाह प्रदेश अध्यक्ष निर्वाचित भएका थिए । जबकी कर्णालीमा मीनबहादुर शाहीलाई प्रदेश अध्यक्ष बनाउने अध्यक्ष ओलीको चाहना थियो । शाहलाई अध्यक्ष बनाउने गरी कँडेलले प्यानल तयार पारेका थिए । कँडेलले तयार पारेको प्यानलसँग शाही नेतृत्वको प्यानल पराजित भयो । त्यसपछि दुई समूहबीचको विवाद बढेर गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
विधिको शासन सञ्चालनका लागि तीन अङ्गबीच समन्वय जरुरीः सभामुख घिमिरे
जेठ १९, २०८१ शनिबार
अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
कृषकलाई हाते ट्र्याक्टर वितरण
जेठ १९, २०८१ शनिबार
आज दिउँसो देशभर आंशिक बदली हुने
जेठ २०, २०८१ आइतबार
टी-२० विश्वकप आजदेखि सुरु : पहिलो खेलमा अमेरिका र क्यानडा भिड्दै
जेठ २०, २०८१ आइतबार
बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण
जेठ १९, २०८१ शनिबार
‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति
जेठ १९, २०८१ शनिबार