आईएफआरसीको महासचिवमा पुनः चापागाईं
नेपालबहस संवाददाता
माघ १९, २०८० शुक्रबार ११:५४:४७
१९ माघ, काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईंले दोस्रो कार्यकालका निम्ति कार्यभार सम्हालेका छन् । उनी दक्षिण एसिया एवं नेपालबाट सो पदमा पुग्ने पहिलो नेपाली हुन् ।
पहिलो पटक सन् २०२० फेब्रअरी २ मा चापागाईंले उक्त पदको पहिलो चार वर्षे कार्यकाल सम्हालेका थिए । स्वीट्जरल्यान्डको जेनेभामा गएको वैशाखमा सम्पन्न आईएफआरसीको गभर्निङ बोर्डको बैठकबाट पहिलो पदावधि समाप्त हुनु एक वर्षअगाडि नै दोस्रो कार्यकालका निम्ति उनको समयावधि थप गर्ने निर्णय गरिएको थियो । सो बोर्डमा विश्वका २९ देश सहभागी हुने जनाइएको छ ।
अब चापागाईं सन् २०२८ को जनवरीसम्म आईएफआरसीको महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा रहनेछन् । आईएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीका स्वयंसेवक तथा कर्मचारी पछिल्ला वर्षमा कोभिड–१९ महामारीको प्रति कार्यमा अग्रपंक्तिमा जुटेका थिए । आईएफआरसीले आफ्नो कार्यादेशानुसार जलवायु परिवर्तनले निम्त्याएका र प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण तथा पीडितलाई अनवरत रूपमा मानवीय सहयोग गरिरहेको छ ।
तीन दशक भन्दा बढी मानवीय सेवामा अनवतर रूपमा तल्लीन चापागाईंले गत वर्ष नेपाल भ्रमणका क्रममा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गरेका थिए । विश्वका १९२ देशका रेडक्रस आईएफआरसीमा आबद्ध छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
सदस्यता टुंगाएर मात्र अधिवेशन गर्न प्रेस युनियनद्वारा पत्रकार महासंघको ध्यानाकर्षण
चैत २२, २०८० बिहिबार
संवैधानिक परिषदले खुलायो समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यमा आवेदन
चैत २०, २०८० मंगलबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता
बैशाख १७, २०८१ सोमबार
इलाम अपडेट : अग्रता बढाउँदै एमाले, सुहाङ २२८२ मतले अगाडि
बैशाख १७, २०८१ सोमबार
सिंहदरबार प्रवेशका लागि आजदेखि इलेक्ट्रोनिक गेटपास पाइने
बैशाख १७, २०८१ सोमबार
इलाम अपडेट : १६ सय २३ मतले एमाले अगाडि
बैशाख १७, २०८१ सोमबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार