लक्ष्मी लघुवित्तले कमायो नाफा, वितरणयोग्य नाफा कति ?
नेपालबहस संवाददाता
माघ २१, २०८० आइतबार १२:६:२४
२१ माघ, काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको पुस मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जाको अंश ९।६३ प्रतिशत पुगेको छ । समयमै साँवा तथा ब्याज रकम उठाउन नसक्दा कम्पनीको निष्क्रिय कर्जा उच्च दरमा बढेको हो ।
चालु आर्थि वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी लघुवित्तले २ करोड १५ लाख भन्दा बढी रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा यस कम्पनी २ करोड ४० लाख रुपैयाँ भन्दा बढी नोक्सानमा थियो ।
सञ्चालन आम्दानी ३ करोड ४ लाख ४२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस कम्पनीले २ करोड ४० लाख ७८ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोरेको थियो । यता, खुद ब्याज आम्दानी भने १२।०२ प्रतिशतले घटेर १७ करोड ८९ लाख रुपैयाँमा झरेको छ।
पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्म वितरणयोग्य नाफा १ करोड ४७ लाख रुपैयाँ छ ।कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७५ पैसा छ । प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ३५ पैसा छ । खराब कर्जा ९।६३ प्रतिशत छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
अञ्जान शाक्यले लिइन राष्ट्रिय सभा सदस्यको शपथ
बैशाख १६, २०८१ आइतबार
दाङको राजपुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले
बैशाख १६, २०८१ आइतबार
मधेशका विना विभागीय मन्त्री साहले वन मन्त्रालय नलिने
बैशाख १६, २०८१ आइतबार
पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
बैशाख १६, २०८१ आइतबार
वेस्ट इन्डिज ए सँग नेपाल पराजित
बैशाख १६, २०८१ आइतबार
इलाम: कांग्रेस, ११४५, एमाले १०६३, स्वतन्त्र ३११ र रास्वपाः २०९ मत
बैशाख १६, २०८१ आइतबार