धादिङमा लाप्पा खेल्ने नेतालाई ओलीले बोलाए काठमाडौं
नेपालबहस संवाददाता
माघ २१, २०८० आइतबार १६:१३:२४
२१ माघ, काठमाडौं । नेकपा एमाले धादिङको जिल्ला अधिवेशनमा नेताहरुबीच कुटकुट भएर विवाद उत्पन्न भएपछि अध्यक्ष केपी शर्मा ओलीले धादिङको अधिवेशनबाट नेताहरुलाई काठमाडौं बोलाएका छन् । विवाद समाधान गर्न प्रदेश इन्चार्ज, अध्यक्ष तथा जिल्ला अध्यक्षसहितका नेताहरुलाई काठमाडौँ बोलाएको एमालेले जाएको छ ।
अध्यक्ष ओलीले ओलीले बागमती प्रदेश इन्चार्ज गुरू बराल, प्रदेश अध्यक्ष कैलाश ढुंगेल, अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा, एमाले बागमति प्रदेशका सचिव नवराज सिलवाल, जिल्ला अध्यक्ष भूमि त्रिपाठी लगायतका नेताहरुलाई काठमाडौँ बोलाएको बताइएको छ ।
एमाले धादिङमा हालका अध्यक्ष भूमि त्रिपाठी र पूर्वप्रदेश सभा सदस्य तथा बागमती प्रदेशका पूर्वराज्य मन्त्री रामकुमार अधिकारीबिच अध्यक्ष को हुने भन्नेमा कुरा नमिल्दा विवाद बढेको बताइएको छ । सोही कारण प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहानै अधिवेशन स्थगित भएको विज्ञप्ति जारी गरेका थिए । लगत्तै जिल्ला अध्यक्ष भूमि त्रिपाठीले अर्को विज्ञप्ति जारी गरेर अधिवेशनको बन्दसत्र जारी भएको बताएका थिए ।
अध्यक्ष ढुंगेलले जिल्ला अध्यक्ष भूमिप्रसाद त्रिपाठीले अधिवेशनमा जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्दा असहज अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले यो अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकोले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अधिवेशन स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
हेरौ विज्ञप्ती
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिपक्षी दलहरुको निष्कर्ष, सभामुख मर्यादाहीन भए
जेठ ७, २०८१ सोमबार
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार