रु रु जलविद्युत परियोजनाको नाफामा सामान्य घट्यो
नेपालबहस संवाददाता
माघ २२, २०८० सोमबार ११:२०:३६
२२ माघ, काठमाडौं । रू रू जलविद्युत् परियोजना लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले ५ करोड ८९ लाख रूपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा गत वर्षको यसै अवधिमा भन्दा १.११ प्रतिशतले घटेको हो ।
कम्पनीले गत वर्षको यसै अवधिमा ५ करोड ९६ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ०.१८ प्रतिशतले घटेर ९ करोड १३ लाख रूपैयाँमा झरेको कम्पनीले जनाएको छ ।
कम्पनीको नाफा सामान्य घट्नुमा खुद नाफामा पनि मुख्य असर परेको हो । कम्पनीको विद्युत बिक्री आम्दानी गत वर्षको यसै अवधिमा ९ करोड १५ लाख रहेकोमा अहिले ९ करोड १३ लाख रहन पुग्यो भने बिक्री लागत पहिले २ करोड ८ लाख रहेकोमा अहिले २ करोड ३१ लाख रूपैयाँ पुग्यो ।
साथै कम्पनीले पोस्टेड रेटअन्तर्गतको अतिरिक्त ७ करोड ५९ लाख रूपैयाँ नेपाल विद्युत प्राधिकरणसँग लिन बाँकी रहेको स्पष्ट पारेको छ । दोस्रो त्रैमासिक अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २३ रूपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ १४४ रूपैयाँ ६७ पैसा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ
जेठ १४, २०८१ सोमबार
पर्यटन मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट
जेठ १५, २०८१ मंगलबार
भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने
जेठ १५, २०८१ मंगलबार
जनकपुरलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने
जेठ १५, २०८१ मंगलबार
राङ्गी विद्यालय प्राङ्गणमा मन्दिरको शिलान्यास, १५२ जनाले गरे आर्थिक सहयोग
जेठ १५, २०८१ मंगलबार
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड
जेठ १५, २०८१ मंगलबार
गणतन्त्र दिवसका अवसरमा सांस्कृतिक नृत्य प्रस्तुत
जेठ १५, २०८१ मंगलबार