समाचार प्रभावः कोशी अस्पतालमा डोजर आतंक, अध्यक्ष डा.सिलवाल र मेसु झाको निर्णयमाथि अख्तियारद्वारा छानविन सुरु
नेपालबहस संवाददाता
माघ २२, २०८० सोमबार १९:४४:५८
२२ माघ, विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरस्थित सबैभन्दा पुरानो कोशी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालय सुनसरीले छानविन सुरु गरेको छ । नेपालबहसले कोशी अस्पताल भित्र हुँदै गरेको अनियमिततादेखि अस्पताल विकास समितिका अध्यक्ष डा.फरवार्ड सिलवालले ऐन नियमको धज्जी उडाउँदै गरेका कामको फेहरिस्त नै लगातार सार्वजनिक गरेपछि अख्तियार अनुसन्धान कार्यालय इटहरीले भ्रष्टाचार र अनियमितताको छानविन थालेको बताएको छ ।
अस्पताल प्रशासन र विकास समितिको मिलेमतोमा मूल्यांकन र टेण्डर प्रक्रिया नै पुरा नगरी सरकारी भवनहरु भत्काइएको समाचार हिजो नेपालबहसले सार्वजनिक गरेको थियो । उक्त समाचारमा अस्पतालका चिकित्सक र कर्मचारीलाई आवासका लागि उपलब्ध गराइएका छ वटा सद्दे भवन नै कानुन मिचेर भत्काउँदै त्यहाँका काठ, इँटा, रड, टिन लगायत सामग्री गायब पारिएको नेपालबहसमा सार्वजनिक भएपछि आयोगले छानबिनमा चासो देखाएको हो ।
भवन भत्काउन अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवालको आफ्नै निजी डोजर समेत प्रयोग भएको थियो । विभागीय मन्त्रालय स्वास्थ्य मन्त्रालयको समेत स्वीकृति नलिई आफूखुसी भवन भत्काएर मनोमानी हिसाबले कवाडी सामान बिक्री गर्ने धन्दामा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले समेत सहयोग गरेको देखिन आएको प्रारम्भिक छानविनमा देखिन आएको आयोग स्रोतले जानकारी दिएको छ । विकास समिति अध्यक्ष डा. सिलवाल र अस्पतालका मेसु झाकै मिलेमतोमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली विपरीत भवनहरु भत्काइँदा अस्पताललाई ठूलो नोक्सानी भएको आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
अस्पतालका भवन भत्काउँदा कार्यविधि उल्लंघन गरेको घटना बाहेक पनि अस्पताल अध्यक्ष डा.सिलवालले अस्पतालका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृत दरबन्दीलाई लुकाएर अस्पताल विकास समितिका नाममा आफूनिकटका व्यक्तिलाई कर्मचारी बनाएर करारमा नियुक्त गर्न खोजिएको सम्बन्धमा समेत अनुसन्धान थालेको छ । यही माघको पहिलो हप्तामा अध्यक्ष सिलवालको निर्देशनमा जथाभावी मापदण्ड बनाएर आफू अनुकूल विभिन्न पदका ५० जना कर्मचारी कोशी अस्पतालमा भर्नाका लागि शंकास्पद हिसाबले दरखास्त आह्वान गरिएको र आफूनिकटका व्यक्तिलाई कर्मचारीमा नियुक्ति दिन डा. सिलवाल र मेसु डा. झाले मिलेमतो गरेको समाचार यसअघि नै नेपालबहसमा प्रकाशित भइसकेको छ ।
मेसु र अध्यक्षको मिलोमतोमा गत माघ ४ गतेको मिति राखी २१ दिनको म्याद दिँदै तीन महिने सेवा करार रहने गरी मेडिकल अधिकृत, नर्सिङ अधिकृत, बायोमेडिकल टेक्निसियन, स्टाफ नर्स र फार्मेसी सहायक भर्नाका लागि विज्ञापनमार्फत दरखास्त आह्वान गरिएको थियो । चलानी नम्बर र पत्र संख्या क्रमबद्ध नराखी क्रम संख्या नै गायब पारेर शंकास्पद हिसाबले विज्ञापन गरिएको आरोप पनि दुवैलाई लाग्दै आएको छ ।
अस्पताल विकास समितिका नाममा गैरकानुनी निर्णय गरेर अस्पतालमा विभिन्न काम कारबाही र गतिविधि भइरहेको सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयले छानविन थालेको हो । आयोगको इटहरी कार्यालयका प्रमुख सुरेश न्यौपानेले पनि उक्त दुवै घटनामा छानविन सुरु गरेको कुरा पुष्टि गरेका छन् । अनुसन्धानपछि आवश्यक देखिए सम्बन्धित पक्षमाथि कारबाहीको सिफारिस गरिने उनले बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
पर्यटन प्रवर्द्धनका लागि अन्नपूर्ण म्याराथन
जेठ ८, २०८१ मंगलबार
पलाञ्चोक भगवती : संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम
जेठ ८, २०८१ मंगलबार
कालोपत्रे सडक निर्माणको काम हुँदै
जेठ ८, २०८१ मंगलबार
बाँकेमा हुरीबतासले विद्युत् आपूर्ति प्रभावित
जेठ ८, २०८१ मंगलबार