विवादले अझै सुरु हुन सकेन एमाले धादिङ अधिवेशन
नेपालबहस संवाददाता
माघ २३, २०८० मंगलबार १०:३९:२८
२३ माघ, काठमाडौं । विवादका कारण नेकपा एमाले धादिङ जिल्ला अधिवेशन सुरु हुन सकेको छैन । बिहान ८ बजेदेखि बन्दसत्र अघि बढाउने निर्णय भएपनि नेता अझै गुटबन्दीमै देखिएका छन् । धादिङ अधिवेशनको अध्यक्षमण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले सूचना जारी गर्दै आन्तरिक तयारीको केही काम बाँकी नै रहेकाले ढिला भएको जनाएका छन् ।
केन्द्रीय संगठन विभागबाट निर्देशन प्राप्त हुनासाथ बन्दसत्र सञ्चालन हुनेसम्बन्धी सूचना जारी गर्ने उनले उल्लेख गरेका छन् । मंगलबार बिहान उनले सूचना जारी गरी अधिवेशनको प्रक्रिया केन्द्रीय निर्देशनानुसार सञ्चालन हुने जनाएका छन् ।
यही माघ २१ गते बिहान बन्दसत्रको समय सुरु हुनै लाग्दा विवादपछि प्रक्रिया स्थगित गरी नेताहरू काठमाडौं आएका थिए । त्यसको भोलिपल्ट अर्थात् माघ २२ गते बिहान ८ बजेकासम्मका निम्ति अधिवेशन स्थगित गरिएको थियो ।
सोही दिन बालकोट पुगेर पार्टी अध्यक्ष केपी शर्मा ओलीसित प्रदेश र जिल्ला कमिटीका नेताहरूले छलफल गरेका थिए । अध्यक्ष ओलीले विवाद समाधान गरी बन्दसत्र अघि बढाउन सरोकारवाला दुवै पक्ष र केन्द्रीय संगठन विभागलाई निर्देशन दिएका थिए ।
संगठन विभागका पदाधिकारीसित छलफलपछि आज बिहादेखि बन्दसत्र अघि बढाउने सहमति भएको नेताहरूले बताएका थिए । विवाद समाधान र बन्दसत्र अघि बढाउन संगठन विभागका दुई प्रतिनिधि समेत धादिङ पठाउन ओलीको निर्देशन थियो ।
यही माघ १९ गते महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशनमा प्रतिनिधि छनोट र अध्यक्षमण्डलका विषयमा विवाद भएको थियो । कुटपिटको समेत अवस्था सिर्जना भएपछि प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन स्थगित गरेका थिए । जिल्ला अध्यक्ष भूमि त्रिपाठीले भने बन्दसत्र अघि बढाउने तयारी गरेका थिए । तर, अन्योलपछि अधिवेशन स्थगित गरेर नेताहरू काठमाडौं आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान
बैशाख २०, २०८१ बिहिबार
राष्ट्रभाषामा महाधिवेशनको प्रचार प्रसार गर्दै जसपा
बैशाख २०, २०८१ बिहिबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार