सोनाम ल्होछारमा ‘बृहत साँस्कृतिक कार्यक्रम’ हुँदै, सामाजिक अभियन्ता तामाङ विशिष्ठ अतिथिका रुपमा आमन्त्रित
नेपालबहस संवाददाता
माघ २४, २०८० बुधबार १६:११:१६
२४ माघ, जनकपुर । तामाङ समुदायको महान पर्व सोनाम ल्होछारका अवसरमा धनुषा धाममा ‘बृहत सांस्कृतिक कार्यक्रम’को आयोजना हुने भएको छ। २८६० औं सोनाम ल्होछारको अवसरमा आयोजना हुने सो कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको आयोजक संस्थाले जनाएको छ । त्यस्तै विशिष्ट अतिथिका रुपमा सामाजिक अभियन्ता एवं लोकप्रिय समाजसेवी सुकबहादुर तामाङ तथा सोही वडाका वडाअध्यक्ष ऋषिकेश लामा अतिथि रहने आयोजक संस्थाले जनाएको छ ।
मालटोल तामाङ समाजले यही माघ २७ गते धनुषा धाम नगरपालिका-६ स्थित मालटोल चौरमा सोनाम ल्होछारका अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो। विगत ४० वर्षदेखि गाँउका गरिब दुःखी आम जनताको दुख र पीडामा मलम लगाउँदै आएका लोकप्रिय समाजसेवी सुकबहादुर तामाङको अग्रसरतामा कार्यक्रम हुन लागेको हो । तामाङ समुदायको उत्थान र समृद्धिमा दत्तचित्त भएर समाजकै अगुवा ठानिएका विशिष्ट अतिथि तामाङ यति बेला धनुषा धाम क्षेत्रकै सामाजिक अभियन्ताका रुपमा परिचित छन् ।
सो सांस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरूको शानदार प्रस्तुति रहने छ । चर्चित भर्सटायल गायक गायिका द्वय अस्मिता अधिकारी र सपन श्रेष्ठ, गायक शुभ तामाङ्ग, चर्चित र्यापर एवं गायक प्रिन्स राज, डान्सरद्धय सरिता खड्का र सुसीको दमदार प्रस्तुति रहने आयोजक संस्थाका संयोजक लवराज घिसिङले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार
जलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
धुलिखेल-खावा सडक : दुई दिन राजमार्ग बन्द गरेर विस्तारको काम
जेठ ८, २०८१ मंगलबार
अज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित
जेठ ८, २०८१ मंगलबार
स्थानीय उत्पादन बेच्न ६ घण्टा पैदलयात्रा
जेठ ८, २०८१ मंगलबार
भारतको कर्नाटकमा दाजुबहिनीको शङ्कास्पद मृत्यु
जेठ ८, २०८१ मंगलबार
४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प
जेठ ८, २०८१ मंगलबार