यस वर्ष प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफ माग
नेपालबहस संवाददाता
माघ २४, २०८० बुधबार १६:३६:४१
२४ माघ, काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको बताए ।
माग अनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भारतबाट गुलाफ ल्याइएको उनको भनाइ छ । यस वर्ष रातो गुलाफ प्रतिस्टिम रु ८० देखि एक सयसम्म पर्ने उनले बताए । आजबाट प्रणय दिवस सप्ताह सुरु भएको छ ।
पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा पनि यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । प्रणय दिवस फेब्रुअरी १४ तारिखमा पर्दछ । तर उक्त दिनभन्दा एक हप्ताअघिदेखि नै यो दिवस मनाउने प्रचलन छ । प्रेमको प्रतीक मानिने रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई दिएर मनाउने गर्दछन् ।
अध्यक्ष तामाङका कूल मागको ६० प्रतिशत काठमाडौं उपत्यकामा र बाँकी ४० प्रतिशत गुलाफ देशका अन्य सहरमा खपत हुने बताउछन् । प्रणय दिवसमा मात्रै रातो गुलाफको कारोबार रु तीन करोड ५० लाखको हुने उनको भनाइ छ । उनले वार्षिक रु तीन अर्ब सात करोडको फूलको कारोबार हुने गरेका बताए ।
रातो गुलाफ विशेष गरी काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकमा व्यावसायिक रुपमा लगाउने गरिएको छन् । फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग छ सय ७५ विभिन्न किसिमका पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।
व्यावसायिक रूपमा चार सय ५० प्रजातिका गुलाफ नेपालमा उत्पादन हुँदै आएको छ । पुष्प व्यवसायमार्फत ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिसानलाई अनुदानमा ५४ हजार माछाका भुरा वितरण
जेठ २, २०८१ बुधबार
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
जेठ २, २०८१ बुधबार
वन्यजन्तुबाट बालीनालीमा हुने क्षति नियन्त्रण गरिने
जेठ १, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
सन्दीपको प्रतिक्रिया: म निर्दोष छु भन्दा पनि फसाइयो
जेठ २, २०८१ बुधबार
सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि फसाइयो
जेठ २, २०८१ बुधबार
यस्तो छ, बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची
जेठ २, २०८१ बुधबार
पञ्चेबाजा बजाउँदै समर्थकहरूले क्रिकेटर सन्दीपको गरे स्वागत
जेठ २, २०८१ बुधबार
अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति
जेठ २, २०८१ बुधबार