प्रभु महालक्ष्मी लाइफको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
माघ २५, २०८० बिहिबार १२:४९:४०
२५ माघ, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुधबार काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुको उल्लेख्य उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
अन्तरक्रिया कार्यक्रमको उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ता बीच आपसी साथ, सहयोग र सद्भाव कायम गर्न कम्पनीले यस अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले यस किसिमका अन्तरक्रिया कार्यक्रमले अभिकर्ताहरुमा काम गर्न उर्जा प्राप्त हुने विश्वास व्यक्त गरे ।
प्रभु महालक्ष्मी लाइफका नायव महाप्रबन्धक सोन बहादुर मगरले सम्बोधन गर्दै बीमाका बिक्रिकला तथा व्यवसायी जीवनमा आफूले भोगेका अनुभवलाई रोचक एवं प्रेरणदायी प्रस्तुतीकरण दिएको थियो । एजेन्सी विभाग प्रमुख प्रभात शिवाकोटीले कार्यक्रम संचालन गरेको थियो ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । उपत्यकाबाट कार्यक्रममा उपस्थित हुनुभएका एमडिआरटि २०२४ मा छनोट भएका अभिकर्ताहरुलाई केक काटी विशेष सम्मान गरिएको थियो । अभिकर्ता स्कीम अन्तर्गत लक्की ड्र मार्फत स्कुटर विजेता पाटन शाखामा कार्यरत एजेन्सी म्यानेजर पवन कुमार शाहीलाई स्कुटर हस्तान्तरण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
इलाम अपडेट : १६ सय २३ मतले एमाले अगाडि
बैशाख १७, २०८१ सोमबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार