शिखर इन्स्योरेन्सको नाफा १९.१७ प्रतिशत बढ्यो
नेपालबहस संवाददाता
माघ २९, २०८० सोमबार ११:२८:५४
२९ माघ, काठमाडौं । शिखर इन्स्योरेन्सको नाफा १९.१७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म आइपुग्दा शिखर इन्स्योरेन्सको १९.१७ प्रतिशतले बढेर खुद नाफा २५ करोड ११ लाख १२ हजार रूपैयाँ पुगेको हो । गत वर्षको यसैअवधिमा यसले २१ करोड ७ लाख १० हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको यसअवधिमा खुद बिमा शुल्क आर्जन ८.०३ प्रतिशतले बढेर ५५ करोड १४ लाख १२ हजार रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५१ करोड ४ लाख २ हजार रूपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
लगानी तथा कर्जाबाट २० करोड २७ लाख ५० हजार रूपैयाँ आम्दानी गरेको छ । पुस मसान्तसम्म आइपुग्दा शिखर इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रूपैयाँ छ । प्रतिशेयर आम्दानी १ रूपैयाँ १९ पैसाले बढेर १८ रूपैयाँ ९२ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १९९ रूपैयाँ १५ पैसा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
बीमा अभिकर्ताको तालिम सम्पन्न, सहभागीको उत्साहजनक सहभागिता
चैत १८, २०८० आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार