चन्द्रागिरि नगरपालिकाले बेरोजगार नगरवासीलाई न्यूनतम् रोजगारमा संलग्न गराउने
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार ११:३८:२२
१ फागुन, थानकोट । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा नगर क्षेत्रमा रहेका न्यून आय भएका वा स्वरोजगारमा संलग्न नरहेका नगरवासीलाई रोजगारमा संलग्न गराउने भएको छ । सोमबार एक सूचना जारी गर्दै नगरले स्वरोजगारमा संलग्न नभएका बेरोजगार नागरिकले न्यूनतम् रोजगारमा संलग्न हुन दरखास्त आह्वान गरेको हो ।
आर्थिक वर्ष २०८१/०८२ का लागि न्यूनतम् रोजगारमा संलग्न हुन चाहने १८ वर्ष देखि ५९ वर्ष उमेर समूहका नागरिकले न्यूनतम् रोजगारका लागि निवेदन दिन सक्ने बताइएको छ।
चन्द्रागिरि नगरमा न्यूनतम् रोजगारमा संलग्न हुन चाहनेहरूले नेपाली नागरिकताको प्रमाणपत्रको छायाँप्रति, पासपोर्ट साइजको फोटो, तथा स्थायी रुपमा बसोबास गरेका कागजातका छाँयाप्रतिसहित सम्बन्धित वडा कार्यालय मार्फत सूचीकृत हुन सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिए। इच्छुकले फागुन मसान्तसम्म नाम दर्ता गराउन समेत प्रमुख प्रशासकीय अधिकृत अर्यालले अनुरोध गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार