रामग्राम स्तुप क्षेत्रको ठेक्का निजी कम्पनीलाई दिने विवादास्पद सम्झौता खारेज
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार १३:३९:२९
१ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीको अग्रसरतामा गौतम बुद्ध जन्मस्थल लुम्बिनीको रामग्राम ९९ सय वर्षसम्मका लागि ठेक्कामा दिने गरिएको विवादास्पद संझौता खारेज भएको छ । लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा निजी कम्पनी द प्रमिस्ड ल्यान्डसँग गरिएका सबै सम्झौता खारेज गरेको हो ।
कोषका अध्यक्ष मन्त्री किराँतीको अध्यक्षतामा मंगलबार बसेको कार्यकारिणी समिति बैठकले रामग्राम क्षेत्रमा प्रमिस्ड ल्यान्डसँग गरिएका सम्झौतालगायत सबै कार्य खारेज गर्ने निर्णय गरेको हो । कोषले केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारीको निर्माण कम्पनी द प्रमिस्ड ल्यान्डलाई स्तूप क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाउन दिने सम्झौता गरेको थियो ।
यस सम्झौताको चौतर्फी विरोध भएपछि सार्वजनिक लेखा समितिको २८ माघको निर्देशन कार्यान्वयन गर्दै कोषले ती सम्झौता तथा कार्य खारेज गरेको हो । यसअघि कोष र द प्रमिस्ड ल्यान्डबीच रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तूप निर्माण गर्ने लगायत सम्झौता भएको थियो । युनेस्कोको मापदण्ड र कानुनी प्रक्रिया अनुसार निर्माण कार्य गर्न र मापदण्ड विपरीत भएका यस्ता क्षेत्र उत्खनन र अनुसन्धान नगर्न लेखा समितिले निर्देशन दिएको थियो ।
रामग्राम क्षेत्र गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको स्थल हो । यो नवलपरासी जिल्लामा पर्छ । यस क्षेत्रको उत्खनन तथा बौद्ध स्तूप निर्माण गर्न कोषले निजी कम्पनीसँग समझदारी गरेसँगै लेखा समितिले यसमा चासो देखाएको थियो । यस क्षेत्रमा यसअघि कोषसँग रहेको जग्गा र थप १ सय १६ बिघा जमिन अधिग्रहण गरी कोषले निजी कम्पनीको जिम्मा लगाउने गरी सम्झौता गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
लुम्बिनी विकास कोषले देखायो हदैसम्मको लापरवाही, अहिलेसम्म फेरिएन च्यातिएको झण्डा
बैशाख १२, २०८१ बुधबार
बाँकेका विभिन्न सामुदायिक वनमा डढेलो
बैशाख ९, २०८१ आइतबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
एकै ओभरमा सागर ढकालले लिए दुई विकेट
बैशाख १६, २०८१ आइतबार
तेस्रो लगानी सम्मेलनमा नेपालमा लगानी गर्न आग्रह (फोटोफिचर)
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
इलाममा ९ हजार ७ सय ४ मत खसेको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु
बैशाख १६, २०८१ आइतबार