उदयपुरमा अदुवा उत्पादन घट्दै
नेपालबहस संवाददाता
फागुन २, २०८० बुधबार १५:४४:२५
२ फागुन, उदयपुर । जिल्लाको पश्चिमी पहाडी क्षेत्र, मध्य र पूर्वी पहाडी क्षेत्रमा उत्पादन हुँदै आएको व्यावसायिक अदुवा उत्पादन हाल आएर घट्दै गइरहेको छ ।
जिल्लाको पश्चिमी पहाडी क्षेत्रको कटारी नगरपालिकाको सिरीसे, हर्देनी मयङखु, बेतिनी, घुर्मी, सोरुङछबीसे, कटारी, सोमबारे रिस्कु क्षेत्रसहित उदयपुर गढी गाउँपालिकाको भलायाडाँडा, बर्रे, तावाश्री क्षेत्रमा लामो समयदेखि व्यापकरूपमा उत्पादन हुने गरेको भए पनि कृषकले उचित मूल्य पाउन छाडेपछि हाल आएर अदुवाखेती समेत घट्दै गइरहेको कृषक बताउँछन् ।
पाँच÷सात वर्षदेखि अदुवाको उचित मूल्य पाउन छाडिएका कारण आफूहरुले विगतको जस्तो अदुवा खेती विस्तार गर्न छाडेको उदयपुर गढी भलायाडाँडाका कृषक बमबहादुर मगर बताउँछन् । कटारी–१० सोरुङछबीसेका कृषक गौरबहादुर राउत भन्छन्, “अदुवा खरीदकर्ताले उचित मूल्य नै दिन मान्दैनन्, दुख गरेर अदुवाखेती गरे पनि उचित मूल्य नपाएपछि गाउँलेले पहिलेको जस्तो धेरै खेती गर्न छाडे ।”
अर्का कृषक बेदबहादुर तामाङले जिल्लाभित्र वा बाहिरका बिचौलिया आएर सुरुमा नै रु ५० देखि ६० सम्म प्रतिकिलो मूल्य तोकेर खरिद गर्ने गरेको बताए । उनले भने, “उनीहरुले गाउँबाट बाहिर लगेर रु एक सय २५ देखि रु डेढ सय प्रतिकिलोमा बिक्री गर्छन्, हामी वर्षेनी ठगिन पर्ने वाध्यता छ ।”
कटारी रिस्कु सोमबारेका कृषक रामु दनुवारका अनुसार वर्षेनी बाहिरका मान्छे आएर अदुवाको मूल्य निर्धारण गर्ने गरेका कारण कृषकले उचित मूल्य नपाएर कम मात्र अदुवा खेती गर्ने गरेका छन् । गाउँघरबाट सस्तोमा खरिद गरेका अदुवा व्यापारीले विराटनगर, जनकपुर, वीरगञ्ज लगेर महङ्गोमा बिक्री गर्ने गरेका कृषक बताउँछन् ।
आफूहरुले नसे र बोसे जातको अदुवा उत्पादन गर्ने गरेको सोमबारेका कृषक पदम दनुवार बताउँछन् । अदुवा खरीदकर्ता तथा व्यापारीले अदुवाको जातअनुसार फरक मूल्य निर्धारण गर्ने गरेका कारण आफुहरुले उचित मूल्य नपाएको कृषक बताउँछन् ।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा २०७५ सालदेखि २०७८ सालसम्म वर्षेनी पाँच सय ८८ हेक्टरदेखि पाँच सय ८३ हेक्टर क्षेफलमा अदुवाखेती हुँदै आएको देखिन्छ । विसं २०७९ / २०८० मा आएर पाँच सय ७७ हेक्टर क्षेत्रफलमा मात्र अदुवाखेती भएको तथ्याङ्क रहेको ज्ञान केन्द्रका सूचना अधिकारी तथा अधिकृत फुलमाया शेर्पा बताउँछन् ।
जिल्लाको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिकासहित चौदण्डीगढी नगरपालिकाको सिद्धिपुर चौदण्डीगढी क्षेत्रमा समेत हाल व्यावसायिक रुपमा अदुवा उत्पादन हुँदै गइरहेको ज्ञान केन्द्रले जनाएको छ । समयअनुसार उचित मूल्य नपाएपछि कृषकले विगतजस्तो व्यापकरुपमा अदुवाखेती विस्तार गर्न छाडेको कृषक बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिसानलाई अनुदानमा ५४ हजार माछाका भुरा वितरण
जेठ २, २०८१ बुधबार
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
जेठ २, २०८१ बुधबार
वन्यजन्तुबाट बालीनालीमा हुने क्षति नियन्त्रण गरिने
जेठ १, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
के हो वेशी योग, कसरी बन्छ कुंडलीमा ?
जेठ २, २०८१ बुधबार
सेतीमा पुल निर्माण अलपत्र अवस्थामा
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
ऐतिहासिक कोतगढीसँगै देखिएको दैलेख सदरमुकाम
जेठ २, २०८१ बुधबार