महिलासँग मिलेर सुन निर्यात गर्छौ भन्दै ठग्दै !
नेपालबहस संवाददाता
फागुन २, २०८० बुधबार १६:४:२७
२ फागुन, काठमाडौं । योजनाबद्ध रूपमा करोडौं रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे भुल्भु गाउँपालिका–३ घर भई हाल पोखरा महानगरपालिका–३० ढुंगेपाटन बस्ने ३३ वर्षीय कुमार थापा, स्याङ्जा पुतली बजार नगरपालिका–४ घर भई हाल कास्की लेखनाथ नगरपालिका–३० बस्ने ४२ वर्षीया मीना दमै, सिन्धुली गोलन्जोर गाउँपालिका–५ खनियाँ खर्क घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ४३ वर्षीय रविनकुमार थापा र सप्तरी सप्तकोसी नगरपालिका बोहोचे घर भई हाल काठमाडौं–९ सिनामंगल बस्ने ३९ वर्षीय दिलीप कुमार लाभ रहेका छन् ।
उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । उनका अनुसार थापाविरूद्ध बैंकिङ कसुरमा दुई करोड बिगोको मुद्दा कास्कीमा छ । उनलाई भक्तपुर कमल विनायक नगरपालिकाबाट पक्राउ गरिएको हो ।
दमैविरूद्ध कास्कीमा ९ वटा मुद्दा छन् । उनीविरूद्ध तीन करोड ६५ लाख ५९ हजार रूपैयाँको बैंकिङ कसुर र ठगीसम्बन्धी कसुरको मुद्दा छ । उनलाई सूर्यविनायक नगरपालिका–५ सल्लाघारीबाट पक्राउ गरिएको हो । यस्तै, रविनकुमारविरूद्ध बैंकिङ एवं ठगी सम्बन्धी ७ वटा मुद्दा चितवनमा छन् । उनीविरूद्ध दुई करोड ६० लाख रुपैयाँ बिगो छ । उनलाई सिनामंगलबाट पक्राउ गरिएको रेग्मीले बताए ।
यस्तै,लाभविरूद्ध बैंकिङ कसुरको ११ लाख रूपैयाँको मुद्दा काठमाडौंमा छ । उनलाई पनि प्रहरीले सिनामंगलबाट पक्राउ गरेको रेग्मीले बताए । सुनका गरगहना विदेशमा निर्यात गर्दछौं भन्दै काभ्रेपलान्चोक भुम्लु घर भई जिल्ला कास्की बस्ने कुमार थापाले पोखराको विभिन्न व्यवसायीहरूसँग सुन खरिद गरेका थिए ।
ठूलो मात्रामा रकम ठगी गरेको भन्दै वीरेन्द सुनारले कास्की प्रहरीमा दुई करोड बिगोको मुद्दा दर्ता गराएका थिए । कास्की प्रहरीले पक्राउको लागि पत्राचार गरेपछि अनुसन्धान कार्यालयको टोली उनको खोजीमा थिए । कुमार थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा ठगी गर्ने कार्यमा मीना दमै, रविन कुमार थापा र दिलीपकुमार लाभको संलग्नता खुलेको रेग्मीले बताए ।
चार जनाको मिलेमतोमा पोखराका सुनचाँदी पसलबाट पहिलो पटक १० लाख, दोस्रो पटक २० लाख तेस्रो पटक ५० लाखका गहना खरिद गरिएको थियो। यसमा १ करोड ४० लाखका गहना बाहिर निर्यात गर्ने भनी चेक दिएर चारै जना फरार भएका थिए । रेग्मीका अनुसार यसपछि उनीहरू भक्तपुर केन्द्रित भए। भक्तपुरको सुडालमा अरू व्यक्तिको नाममा रहेको जग्गा दिलाइदिने भनी दिलीपकुमार लाभले जग्गा बैना गरे ।
उक्त जग्गा परिवार अटो मोबाइलका सञ्चालकसँग निसानको किक्स गाडी लिए । उनी १२ आना जग्गा दिन्छु भनेर फरार भए । परिवार अटो मोबाइलका सञ्चालक प्रहरीमा पुगे । प्र.०१–०२३–०१४४ नम्बरको निसान किक्स गाडी ५४ लाख ५० हजार मूल्य तय गरी लिएकोमा रकम नतिरी बेपत्ता भएको भन्दै उनी प्रहरीमा पुगेका थिए । सो गाडी दिलीपकुमार लाभबाट प्रहरीले कम्पनीलाई नै फिर्ता दिलाएको रेग्मीले बताए ।
उनीहरूले चितवनमा जग्गा दिन्छु भनी अन्य व्यवसायीहरूको जग्गा बैना गरी १ करोड ३६ लाख ठगी गरेको पाइएको अनुसन्धानले देखाएको छ । कुमार थापाले मीना दमैलाई देखाएर उनको नामको चेक दिने र उनीबाटै कारोबार गर्ने गरेको पाइएको छ । महिलाबाट कारोबार गर्दा विश्वासमा पर्ने भएकाले उनलाई प्रयोग गरेको खुलेको रेग्मीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
संघीयता कार्यान्वयन सम्बन्धी थप कानुन बनाइने
जेठ १, २०८१ मंगलबार
कसले बुझ्ला यात्रुका पीडा !
जेठ १, २०८१ मंगलबार
सडक जाम नगरी संसद पुगे राष्ट्रपति पौडेल [ फोटोफिचर ]
जेठ १, २०८१ मंगलबार
संसदमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति
जेठ १, २०८१ मंगलबार