पासाङल्हामु मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने
नेपालबहस संवाददाता
फागुन ६, २०८० आइतबार १२:५४:५३
९ फागुन, बाँके । विवादका कारण लामो समयदेखि अलपत्र अवस्थामा रहेको नेपालगञ्जको पासाङल्हामु मार्ग निर्माण सुरु भएको छ । सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको सो मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले जनाएको छ ।
उनका अनुसार नेपालगञ्जको सुर्खेतरोडबाट टाँगा स्टेशन जोड्ने पाँच सय ५० मिटर लामो र आठ मिटर चौडा पासाङल्हामु मार्ग नगरस्तरीय रु ७५ लाख बजे कालोपत्र हुने भएको हो । पासाङल्हामु मार्ग आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको इन्जिनियर मबिन्द्रमान श्रेष्ठले जानकारी दिए । विगतमा सडक विस्तारका क्रममा अतिक्रमित संरचना स्थानीयले नभत्काएका कारण सडक निर्माण अलपत्र परेको थियो । अहिले स्थानीयले सडक विस्तारका लागि संरचना आफैँ भत्काएपछि सडक निर्माण सुरु भएको श्रेष्ठले जानकारी बताए ।
लामो समयदेखि अलपत्र सडक निर्माण सुरु भएसँगै स्थानीय खुसी भएका छन् । जीर्ण अवस्थामा भएको सडक निर्माण भएपछि सो मार्गमा व्यावसायिक चहलपहलसमेत बढ्ने स्थानीय दमनकुमार श्रेष्ठले बताए । सडक निर्माणको योजनालाई समयमै सम्पन्न गर्न प्राथमिकताका साथ कार्यान्वयन सुरु भएको नगरप्रमुख विष्टले जानकारी दिए । “समयमै गुणस्तरीयरूपमा पूर्वाधार विकासका योजना सम्पन्न गर्न धमाधम काम सुरु भएको छ”, नगरप्रमुख विष्टले भने “योजना कार्यान्वयनको सुरुआतसँगै अनुगमनलाई पनि प्राथमिकता दिइएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा
जेठ १, २०८१ मंगलबार
स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
आठवटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी
जेठ २, २०८१ बुधबार
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
जेठ २, २०८१ बुधबार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, संसदको अवरोध हटाउनेबारे छलफल
जेठ २, २०८१ बुधबार
वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री
जेठ २, २०८१ बुधबार
संस्कृति संरक्षणका निम्ति मादल बजाउने तालिम
जेठ २, २०८१ बुधबार
थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार