ट्राफिक प्रहरीले चालकलाई गर्ने व्यवहार नम्र हुनुपर्छ : महानिरीक्षक खनाल
इन्द्र रिजाल
बैशाख ९, २०७६ सोमबार १५:२१:२१
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना र अनुकरणीय बनाउनुपर्ने बताएका छन् ।
महानिरीक्षक खनालले आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक अधिकृतलाई सम्बोधन गर्दै देशभरकै नमूना ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।
“ट्राफिक प्रहरीले चालकलाई गर्ने व्यवहार नम्र र शालिन हुनुपर्छ, हाम्रो सेवाले जनतालाई मुस्कुराउँदै जाने वातावरण बनाउनुपर्छ”, उनले भने । महानिरीक्षक खनालले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको प्रोत्साहन भत्ताले मनोबल बढेको भन्दै अझै राम्रो सेवा प्रदान गर्न आग्रह गरे ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक सुधारका लागि महाशाखाले तीन महीने कार्ययोजना बनाएर काम गरिरहेको बताए ।
हाल काठमाडौँ उपत्यकामा एक हजार ५०० हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन् । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारी साधन तथा काठमाडौँ उपत्यमामा मात्र ११ लाख सवारी साधन चल्ने गरेका छन् ।
चन्द्रागिरि महोत्सव सम्पन्न, दुई करोडको कारोवार
धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरिमा दोस्रो ‘चन्द्रागिरि महोत्सव’ सम्पन्न भएको छ । ‘चन्द्रागिरिको सर्वाङ्गीण विकास र जगेर्ना गरौँ, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔँ, भन्ने मूल नाराका साथ चैत २९ देखि शुरु भएको महोत्सव शनिबार सम्पन्न भएको हो ।
चन्द्रागिरि नगरपालिकाको मुख्य आयोजना भएको महोत्सवमा रु दुई करोड २५ लाख बराबरको कारोवार भएको महोत्सवका संयोजक रामनारायण घिमिरेले जानकारी दिए ।
चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारामा भएको महोत्सवमा ६५ हजारले महोत्सवको अवलोकन गरेको अध्यक्ष घिमिरेले बताए । नौ दिनसम्म चलेको महोत्सवमा स्थानीय कृषिउपज, घरेलु तथा हस्तकला, साना उद्योग, अटो इञ्जिन, अटो मोबाइल, स्थानीय कला संस्कृति, स्थानीय काष्ठकला, स्थानीय खानाका परिकार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, स्वरोजगार फारम सङ्कलगायतका १०० भन्दा बढी कक्ष रहेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेशी, होला त सुनुवाइ ?
जेठ १, २०८१ मंगलबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ १, २०८१ मंगलबार
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
जेठ १, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेठ १, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १, २०८१ मंगलबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार