महासमिति सदस्य नै नरहेका मेखलाललाई बोल्न दिएपछि बैठकमा विवाद
नेपालबहस संवाददाता
फागुन १०, २०८० बिहिबार ११:५९:३९
१० फागुन, काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठको विषयलाई लिएर गोदावरीमा जारी महासमितिको बैठकमा केहीबेर विवाद भएको छ । महासमिति सदस्य नभएको व्यक्तिलाई बोल्न दिएको भन्दै अन्य महासमितिका प्रतिनिधिहरूले विरोध जनाएपछि केहीबेर हल्लासमेत भएको थियो ।
बागमती र गण्डकी प्रदेश समूहमा भइरहेको छलफलमा गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठलाई बोल्न दिएपछि अन्य महासमिति बैठकका प्रतिनिधिहरूले आपत्ति जनाए थिए । गण्डकीका उपसभापति श्रेष्ठ प्रदेश अधिवेशन प्रतिनिधि मात्र हुन् । बिहीबार बोल्ने प्रतिनिधिमा उनलाई पनि समय दिइएको थियो ।
चार समूहमा बुधबारदेखि प्रतिवेदनमाथि प्रतिनिधिहरूले सुझाव राखिरहेका छन् । बागमती र गण्डकी समूहको लिडरमा सहमहामन्त्री महेन्द्र यादव छन् । प्रदेशको समन्वय बागमतीबाट इन्द्र बानियाँ र गण्डकीबाट प्रदेश सभापति शुक्रराज शर्माले गरेका छन् ।
श्रेष्ठलाई बानियाँले नै बोल्नका लागि बोलाएका थिए । श्रेष्ठले बोलेर सकेपछि गण्डकीकै प्रदेश उपसभापति एवं महासमिति सदस्य कल्पना तिवारी र केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले उठेर श्रेष्ठ महासमिति सदस्य नरहेको भन्दै विरोध गरेका थिए । महासमिति सदस्यहरूले नै बोल्न नपाएको अवस्थामा प्रदेश अधिवेशन प्रतिनिधि मात्र रहेका श्रेष्ठले कसरी मौका पाए भन्दै अरु महासमिति सदस्यहरूले पनि विरोध जनाएका थिए ।
विरोध र हो-हल्ला भएपछि बागमती प्रदेश सभापति बानियाँले श्रेष्ठको भनाई रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । श्रेष्ठको कारण केही समय छलफल अवरुद्ध भएको थियो । विवादबारे नेपालबहससँग श्रेष्ठले भने, ‘यसअघि केन्द्रले महासमिति सदस्य नरहेका जिल्ला सभापति तथा प्रदेश सभापतिहरूलाई पनि बैठकमा सहभागिता गराउने सहमति थियो । म प्रदेश उपसभापति हो । मेरो प्रोटोकल जिल्ला सभापति भन्दा माथि हुने हुनाले म बागमती प्रदेशका सभापति बानियाँले बोलाएर म बोल्न गएको हुँ तर, साथीहरूले कुरा नबुझि विरोध गरे ।'
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले प्राप्त गरेको अधिकार कसैले खोस्न सक्दैन : अध्यक्ष प्रचण्ड
साउन १२, २०८१ शनिबार
जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक
साउन १२, २०८१ शनिबार
राम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिनुपरेको प्रचण्डको ब्रिफिङ
साउन ११, २०८१ शुक्रबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
मौरिटानियामा जहाज दुर्घटना हुँदा २५ जनाको मृत्यु, १९० बेपत्ता
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
फ्रान्समा आज पनि रेल सेवा प्रभावित, आक्रमणकारीको खोजी जारी
साउन १२, २०८१ शनिबार
गाजास्थित विद्यालयमा इजरायली सेनाको आक्रमण, कम्तिमा ३० जनाको मृत्यु
साउन १२, २०८१ शनिबार
जनताले प्राप्त गरेको अधिकार कसैले खोस्न सक्दैन : अध्यक्ष प्रचण्ड
साउन १२, २०८१ शनिबार
धनगढीमा बिरामीको मृत्युपछि उत्पन्न तनावपूर्ण स्थति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार
साउन १२, २०८१ शनिबार
बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशुलीमा हरायो
साउन १२, २०८१ शनिबार
संसदीय सुनवाइ समिति बैठक बोलाइयो, प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय हुने
साउन १२, २०८१ शनिबार