नेरुडे लघुवित्तको साधारणसभा ११ फागुनमा, मुख्य एजेण्डा के हो ?
नेपालबहस संवाददाता
फागुन १०, २०८० बिहिबार १२:१५:३१
१० फागुन, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा बस्ने भएको छ । सभा फागुन ११ गते उद्योग संगठन मोरङको सभा हल, विराटनगर–२ मा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले यसअघि नै सभामा लाभांश वितरण नगर्ने जनाएको छ जसकारण लगानीकर्ताहरुको हात खाली हुने भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पनि सभामा पेश हुनेछ ।
साधारण सभा प्रयोजनका लागि माघ २४ गते बुक क्लोज भइसकेको छ । तसर्थ, माघ २३ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । हाल नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । तसर्थ, मर्जरपछि पुनः निर्वाचन नभएसम्म हालकै संचालक समितिलाई निरन्तरता दिने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा
साउन ३१, २०८१ बिहिबार
लघुवित्त संस्थाहरुले कर्जा प्रवाह गर्दा लिन पाउने सेवा शुल्क घट्यो
साउन १४, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
सांसद चौधरीलाई देशद्रोहको मुद्दा लगाउन संसदमा माग
भदौ ३१, २०८१ सोमबार
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त
असोज १, २०८१ मंगलबार
विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै
असोज १, २०८१ मंगलबार
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
असोज १, २०८१ मंगलबार
भोटेकोशीमा खसेको बोलेरोका चालकको शव सुनकोशीमा भेटियो
असोज १, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य
असोज १, २०८१ मंगलबार
आज विश्वकर्मा पूजा मनाइँदै [ फोटो फिचर ]
असोज १, २०८१ मंगलबार