एमालेले माग्यो तीन मन्त्रीको राजीनामा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन १०, २०८० बिहिबार १२:३९:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/samsadd_6_jdtqyG0f9g_bPuBZcZPMr.jpg)
१० फागुन, काठमाडौं । नेकपा एमालेले बिभिन्न प्रकरणमा मुछिएको भन्दै तीन मन्त्रीको राजीनामा माग गरेको छ । एमालेले बालकुमारी घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र रामग्राम लिज प्रकरणमा पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरेको ।
बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले एमाले सांसद रघुजी पन्तलाई बोल्न समय दिएका थिए । विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुलाई साथमा लिएर प्रधानमन्त्रीले सुशासनको कुरा गर्न नसुहाउने उनको भनाई थियो । उनले बालकुमारी घटना हुनेबितिकै मन्त्री ज्वालाले नैतिकताका हिसावले राजीनामा दिनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए ।
सांसद पन्तले भ्रष्टाचारको मुद्दामा पर्नासाथ यसअघिका मन्त्रीहरुले राजीनामा दिए पनि अहिले मन्त्री नै झण्डा हल्लाएर अख्तियारमा बयान दिन गएको तर्क गरे । लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्त गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा पर्यटनमन्त्री किँरातीको संलग्नता रहेको भन्दै उनले विरोध गरे । उनले एमालेका मागका बिषयमा व्यवहारमा लागू नभए एमाले चूप लागेर नबस्ने चेतावनी दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक
साउन १२, २०८१ शनिबार
राम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिनुपरेको प्रचण्डको ब्रिफिङ
साउन ११, २०८१ शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री
साउन ११, २०८१ शुक्रबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
सौर्य एयर दुर्घटना: यस्ता छन हृदयविदारक तस्वीरहरु
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
'आइभिएफ' प्रविधिबाट बच्चा जन्माउनेको संख्या किन बढ्दैछ ?
साउन १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन १२, २०८१ शनिबार
जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक
साउन १२, २०८१ शनिबार
चलचित्र नमेटिने घाउमा माधव नेपाल
साउन १२, २०८१ शनिबार
क्लबको भूमिका समाज सेवामा होः मुख्यमन्त्री कार्की
साउन १२, २०८१ शनिबार
पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र “नमेटिने घाउ’’को आफ्नो दृश्यको डबिङ
साउन १२, २०८१ शनिबार