नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश
नेपालबहस संवाददाता
फागुन ११, २०८० शुक्रबार १३:२५:२९
११ फागुन, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिहीबार ३६औँ वर्ष पुरा गरी ३७औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३७औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
देशभरमा ५३ वटा बाल र वृद्ध आश्रमहरूमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । अपाङ्गता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टिविहीन व्यक्तिहरूलाई सेतो छडि वितरण गरिएको छ ।
संस्थापक समूह र सर्वसाधारण समूहको ५५:४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट कम्पनीले शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस शेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरी सकेको अवस्था छ ।
कम्पनीको जीवन बीमा कोषमा रु ७१ अर्बको हाराहरीमा रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७८/०७९ बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमितहरूलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ ।
आ.व.२०७८/०७९ को बीमाङ्कीय मूल्याङ्कन पश्चात बीमितलाई न्यूनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम् प्रतिहजार ८५ रुपैयाँसम्म प्रदान गरेको जनाएको छ ।
कम्पनीले स्थापनाकालदेखि २०८० साल पौष मसान्तसम्म कूल बीमा शुल्क आम्दानी रु १०२ अर्ब ३० करोड आर्जन गरेको छ भने कूल ४५ लाख ५६ हजार बीमालेख जारी गरेको छ र कूल रु.३७ अर्ब ४९ करोड बराबर बीमा दाबी भुक्तानी गरेको जनाएको छ । जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो व्यवसायिक प्रगति गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
नारायणी नदीमा तटबन्ध निर्माण गरिँदै
बैशाख १७, २०८१ सोमबार
घण्टाघर सडक किनारामा ढकमक्क फुलेका ज्याकाराण्डा
बैशाख १७, २०८१ सोमबार
बझाङः एमाले ९८८९, कांग्रेस ९८८०, माओवादी ३६६३, एस २४०५ मत
बैशाख १७, २०८१ सोमबार
नेपालको दार्चुला र भारतको दार्चुला जोड्ने झोलुङ्गे पुल
बैशाख १७, २०८१ सोमबार
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
इलामः एमाले १०,४१९, कांग्रेस ७,०६२, स्वतन्त्र ५,७६१ र रास्वपा १४४३ मत
बैशाख १७, २०८१ सोमबार