शेयर बजार तथा लगानी सम्बन्धी 'सन विथ कम्युनिटी' कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
फागुन १२, २०८० शनिबार १५:३१:७
१२ फागुन, काठमाडाैं । सन सेक्युरिटिज प्रालिको संस्थागत सामाजिक उत्तर दायित्व अन्तरगत काठमाडौं महानगरपालिका-१ सँगको सहकार्यमा 'सन विथ कम्युनिटी' कार्यक्रमको सुरुवात गरेको छ ।
सन सेक्युरिटिज प्रालिको कार्यालय नक्सालमा काठमाडौं महानगरपालिका-१ मा बसोबास गर्ने स्थानीय वासिन्दाहरूलाई समेटेर कार्यक्रमको थालनी गरिएको हो ।
कार्यक्रम अन्तरगत सन सेक्युरिटिज प्रालिले वडा नं।१ का स्थानीय वासिन्दाहरुलाई शेयर बजार तथा लगानी सम्बन्धी १ दिने तालिम तथा सचेतना प्रदान गरिएको छ । शुक्रबार दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालित कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १ का सचिव सर्वज्ञराज पौडेलको प्रमुख आतिथ्य तथा सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सन विथ कम्युनिटी कार्यक्रम अन्तर्गत आजको कार्यक्रममा शेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा शेयर बजारको वर्तमान अवस्था, शेयरबजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, शेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा १ नम्बर वडाभित्र बसोबास गर्ने करिब ६० जना स्थानीयहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सर्वज्ञराज पौडेलले सन सेक्युरिटिजले काठमाडौं महानगरपालिका-१ भित्र समुदायलाई लाभ हुने गरी सञ्चालित कार्यक्रमबाट १ नम्बर वडावासीहरू लाभान्वित हुने बताए । साथै शेयर बजारमा लगानी गरी स्थानीयले अतिरिक्त लाभ आर्जन गर्न सक्ने भएकाले प्राथमिक बजार तथा दोश्रो बजारमा बुझेर मात्रै लगानी गर्नुपर्ने बताए ।
यसैगरी कार्यक्रमका अध्यक्ष तथा सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीले सन सेक्युरिटिज प्रालिले वडाभित्र धितोपत्र ब्रोकर व्यवसाय सञ्चालन गर्दैगर्दा यसको लाभ सम्पूर्ण १ नं वडाका बासिन्दाहरूले पाउने बताए । व्यवसायलाई कम्युनिटीसँग जोड्ने पहलस्वरुप यस प्रकारको कार्यक्रको शुरुवात गरिएको बताए ।
उनले यस्तो कार्यक्रम हरेक महिनाको दोश्रो शुक्रबार सञ्चालन गरिने बताए । यसबाहेक पनि सम्पूर्ण वडावासी स्थानीयहरूले सन सेक्युरिटिजको कार्यालयमा कार्यालय समयभित्र आएर शेयर बजार तथा लगानीका विषयमा रहेका आफ्ना समस्या तथा जिज्ञासाहरू राख्न सक्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
आज शेयरबजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द
बैशाख १९, २०८१ बुधबार
नेप्से दोहोरो अंकले बढ्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
बैशाख १८, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो
बैशाख ३१, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”बाट सम्मानित
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार