सन नेपाल लाइफले लाभांश वितरण गर्दै
नेपालबहस संवाददाता
फागुन १३, २०८० आइतबार १३:५:४९
१३ फागुन, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रस्तावित बोनस सेयरपछि चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ पुग्नेछ । यस्तै, कम्पनीको सञ्चालक समिति बैठकले बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा २७ प्रतिशत (१ः०.२७ अनुपातमा) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
वेस्ट इन्डिज ए सँग नेपाल पराजित
बैशाख १६, २०८१ आइतबार
इलाममा कांग्रेस, ११४५, एमाले १०६३, स्वतन्त्र ३११ र रास्वपाः २०९ मत
बैशाख १६, २०८१ आइतबार
कप्तान रोहितले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरे
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमाले ७५७, कांग्रेस ३८०, माओ २२६ र एस ११५ मत
बैशाख १६, २०८१ आइतबार
मासिक ६० लाख अफगानीलाई विश्व खाद्य कार्यक्रमद्वारा सहयोग वितरण
बैशाख १६, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
बैशाख १६, २०८१ आइतबार