सिंहदरवारमा डेढ घण्टा वार्ता, पीडितले मागे न्यायिक आयोग
नेपालबहस संवाददाता
फागुन १३, २०८० आइतबार २२:१८:४६
१३ फागुन, काठमाडौं । आइतबार साँझ मिटरब्याज पीडित र सरकारबीच पहिलो चरणको वार्ता भएको छ । गृह मन्त्रालयमा साँझ ७ बजेदेखि डेढ घण्टासम्म चलेको वार्तामा मिटरब्याज पीडितले आफ्ना माग राखेका छ । पहिलो चरणमा पीडितलाई न्याय दिन सरकारले चालेका कदमहरुबारे जानकारी गराइएको छ ।
सोमबार बिहान ११ बजे छलफलमा बस्ने गरी वार्ताविना निष्कर्ष टुंगिएको छ । वार्ता टोलीमा पीडितको नेतृत्व गरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले अहिले भएका कानुनी व्यवस्था मिटरब्याज पीडितको समस्या समाधानका लागि पर्याप्त नभएको बताए । सरकारले बनाएको आयोगको सक्रियतामा जिल्ला प्रशासन कार्यालयमा भएको सहमतिविरुद्ध साहु महाजनले अदालतबाट निषेधाज्ञा लिएर बसेको उनले बताए ।
यो समस्याको समाधानका लागि न्यायिक आयोग गठन हुनुपर्छ भन्ने पीडित पक्षले माग राखेका छन् । दीर्घकालीन समस्या समाधानका लागि उचित संयन्त्र र व्यवस्था कानूनी गर्नुपर्ने उनीहरुको भनाइ छ । मिटरब्याज पीडितले यसअघि गरेको आन्दोलनपछि सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो ।
आयोगले पीडितहरुसँग निवेदन आह्वान गर्दा २८ हजार उजुरी परेको थियो । कार्की आयोगले तीमध्ये ५ हजारको मिलापत्र गराएको थियो । त्यसरी भएका मिलापत्र पनि अदालतबाट उल्टिएको भन्दै पीडितले न्यायिक आयोग नबनाइ यो समस्या समाधान नहुने भनाई मन्त्रालयका अधिकारीसँग राखेका छन् ।
सरकारी वार्ता टोलीको नेतृत्व गरेका सह–सचिव रुद्रप्रसाद पण्डितले भने अहिले सरकारले गरेका व्यवस्था पीडितको समस्या समाधानका लागि पर्याप्त रहेको जिकिर गरेका थिए । पीडिततर्फबाट वार्ता टोलीमा रहेका आदित्य राम, शिवशंकर महतो, मोहन महतो, शोहन शर्मा, रुक्मिणी चौधरी, दामोदर ढकाल, राजाराज यादव र अंकित खनालले भने प्रहरीमार्फत यो समस्या समाधान हुननसक्ने जिकिर गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार