व्यापारीको ३१ थान मोबाइल र दुई लाख रुपैयाँ ठग्ने बहालवाला प्रहरी हवल्दार र जवान कारवाहीमा
नेपालबहस संवाददाता
फागुन १४, २०८० सोमबार १३:२६:५८
१४ फागुन, रौतहट । मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी यज्ञविनोद पोखरेलको कडा निर्देशनपछि सर्वसाधारण व्यापारीको ३१ थान मोबाइलसँगै दुई लाख रुपैयाँ ठग्ने बहालवाला एकजना प्रहरी सहायक हवल्दार र एकजना प्रहरी जवानलाई कानुनी कारवाहीको दायरामा ल्याइएको छ।
डीआईजी पोखरेलको निर्देशनमा आरोपी द्वय जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत सहायक हवल्दार दीपेन्द्र कुमार राज र जवान रोशन कुमार यादव प्रहरी हिरासतमा पुगेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषामा दुवै जनामाथि आइतबार आपराधिक विश्वासघात र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी श्याम कुमार महतोले बताएका छन्।
आइतबार नै जिल्ला अदालत धनुषाबाट ७ दिनको म्याद थपेर दुबैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रवक्ता एसएसपी महतोले जानकारी दिएका छन्।यिनीहरु जिल्ला प्रहरी कार्यालय धनुषाको क्राइम टीममा कार्यरत प्रहरीहरु हुन् ।
महोत्तरीको महोत्तरी गाउँपालिका ५ घर भएका सहायक हवल्दार दीपेन्द्र र सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिका २ घर भएका प्रहरी जवान रोशन मिलेर जनकपुरका एकजना व्यापारीसँग यही ८ फागुनमा विभिन्न ब्राण्डको ३१ थान मोबाइल खरिद गरेका थिए।
पछि मोबाइल फिर्ता गर्ने भनेर व्यापारीसँग दुई लाख रूपैयाँसमेत लिएर पटकपटक माग गर्दा पनि फिर्ता नगरेपछि बाध्य भएर पीडित व्यापारीले १३ फागुनमा उनीहरू विरुद्ध प्रदेश प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए।
उजुरीपछि सहायक हवल्दार र जवानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि उनकै बयानको आधारमा सोही दिन जनकपुर उमनपा ७ अन्जनीमाई कुटीको उत्तर पोखरीको डिल तल झाडीमा सानो रातो ब्यागमा लुकाई राखेको उक्त ३१ थान मोबाइल र दुई लाख मध्ये ९५ हजार रुपैयाँ उनीहरूको रोहवारमै बरामद भएको थियो।
दुई दिनको अनुसन्धान पछि हिजोदेखि कारवाही प्रक्रिया सुरु गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
डीआईजी पोखरेलकै सक्रियतामा केही दिनअघि रौतहटस्थित सरस्वतीको मूर्ति विसर्जनको विषयमा उत्पन्न हिन्दू मुस्लिम बीचको साम्प्रदायिक झगडा सहजरूपमा मिलाइएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशका विना विभागीय मन्त्री साहले वन मन्त्रालय नलिने
बैशाख १६, २०८१ आइतबार
कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार