नक्कली डलरको कारोबार गर्ने गिरोह पक्राउ
नेपालबहस संवाददाता
फागुन १४, २०८० सोमबार १३:२०:२९
१४ फागुन, काठमाडौं । एक गिरोहले १० वर्षदेखि डलर देखाएर ठगी गर्ने गरेको पाइएको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले बाहिर डलर राख्ने र भित्र सोही आकारका कागज राखेर डलर साट्ने भनी नेपाली रुपैयाँ लिएर लाखौँ ठगेको पाइएको छ ।
सिन्धुपाल्चोकका रामबहादुर तामाङ, सोही जिल्ला घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने वीवी तामाङ र रौतहट चन्द्रपुर घर भई काठमाडौँ बस्ने फरेन एक्सचेन्ज सेन्टरका सञ्चालक शङ्कर रेग्मीको मिलेमतोमा वर्षौदेखि ठगी धन्दा चलाउँदै आएका अनुसन्धानबाट पुष्टि भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी जानकारी दिए ।
यसरी ठगी गरिएको रकम विभिन्न सहकारीमा लगेर मुद्दती खातामा राख्ने गरेको र केही रकम मिटरब्याजमा समेत लगानी गरेको भेटिएको उनले बताए ।
प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरुले उपत्यकाको विभिन्न स्थानका व्यक्तिलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर मिलाई दिन्छौँ भनि प्रलोभन देखाएर डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई नेपाली रूपैयाँ ठगी गर्ने गरेका थिए ।
“दश वर्षदेखि कति ठगी गरेका छन् भन्ने कुरा अनुसन्धानकै क्रममा छ । गिरोहका केही योजनाकारलाई समातेका छौँ । अन्यको खोजी जारी छ”, रेग्मीले भने । तीन जनालाई समातिएको भन्दै यसबारे थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।
रेग्मीका अनुसार उनीहरुले चलाखी गरी आफू घटनास्थलमा देखा नपरी विभिन्न व्यक्तिलाई प्रयोग गरेर ठगी धन्दा चलाउँदै आएका छन् । ती गिरोहले ठमेलस्थित फरेन एक्सचेञ्ज सेन्टरमा लगेर ठगीमा प्रयोग हुने डलर साट्ने गरेका अनुसन्धानका क्रममा खुलेको उनले बताए । “त्यही डलरको आकारमा कागज काटेर मिसाउने गरेका खुलेका छ”, रेग्मीले भने ।
तामाङको साथबाट ७१ हजार नेपाली रुयैयाँ र ६०७ अमेरिकी डलर तथा डलर मिलाईदिने व्यक्ति फरेन एक्सचेन्ज सेन्टर प्रालिका सञ्चालक रेग्मीबाट रु तीन लाख र पाँच सय ८३ डलर बरामद गरिएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा महिलाको हत्या गरेर फरार व्यक्ति ९ वर्षपछि पक्राउ
बैशाख १६, २०८१ आइतबार
फेसबुकमार्फत हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ
बैशाख १६, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
आजको मौसम : पहाडमा वर्षा, तराइमा हावाहुरीको सम्भावना
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
आजको राशीफल
बैशाख १७, २०८१ सोमबार
बझाङमा एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता
बैशाख १७, २०८१ सोमबार
इलाम अपडेट : अग्रता बढाउँदै एमाले, सुहाङ २२८२ मतले अगाडि
बैशाख १७, २०८१ सोमबार
सिंहदरबार प्रवेशका लागि आजदेखि इलेक्ट्रोनिक गेटपास पाइने
बैशाख १७, २०८१ सोमबार