दुर्घटना न्यूनीकरणका लागि दाङमा टाइमकार्ड लागू
नेपालबहस संवाददाता
फागुन १४, २०८० सोमबार १८:७:३१
१४ फागुन, दाङ । घोराही–तुलसीपुर सडक खण्डमा दुर्घटना न्यूनीकरणका लागि सोमबारदेखि टाइमकार्ड लागू गरिएको छ। घोराही-तुलसीपुर २३ किलोमिटरको दुरीमा ७० मिनेटको समय दिइएको हो।
आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षीय बैठकले बढ्दो दुर्घटना जोखिमलाई मध्यनजर गर्दै पहिलो चरणमा घोराही–तुलसीपुर सडकमा टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो।
घोराहीदेखि नारायणपुरसम्म ३० मिनेट र नारायणपुरदेखि तुलसीपुरसम्म ४० मिनेटको समय निर्धारण गरिएको छ। यसका साथै नियमितरुपमा सवारी साधनको गति र मेकानिकल परीक्षण गरिने छ।
बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्दै सडकलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउने उद्देश्यले विभिन्न सुधारका योजनाहरु लागू गर्न थालिएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताए।
वार्षिकरुपमा सवारी चालकहरुले स्वास्थ्य परीक्षण गरी कार्ड प्राप्त गर्ने र यसको अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालयले गर्ने निर्णय यसअघि नै भएको छ। चालकलाई ट्राफिक प्रहरी, यातायात कार्यालय, यातायात व्यवसायी महासंघ र स्थानीय तहको समन्वयमा सुरक्षित सवारी सञ्चालन सम्बन्धी प्रशिक्षण दिने निर्णय भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा, काठमाडौंमा रजौरे र अपराध महाशाखामा भट्टराई
बैशाख १४, २०८१ शुक्रबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार