गृहमन्त्री र प्रहरी प्रमुखले गरेका थिए, सिंहदरबारको सुरक्षाका लागि सडक पेटीमा डोरी टांग्ने निर्णय
केदार भट्टराई (काका)
फागुन १५, २०८० मंगलबार १५:३४:५८
१५ फागुन, काठमाडौं । सोमबार साँझको एउटा लज्जास्पद निर्णयले यतिबेला सरकार चौतर्फी आलोचित भइरहेको छ । देशको उपप्रधान र गृहमन्त्री जस्तो पदमा आसिन र प्रहरीको नेतृत्व हाँकिरहेका व्यक्तिबाट यस्तो कामका लागि निर्देशन हुनु आफैंमा लाजको विषय पनि हो । प्रहरी संगठन निर्देशन अनुसार चल्ने संगठन हो । यसैले तलका कर्मचारीले माथिको निर्देशन अनुसार सडक पेटीमा डोरी बाँधेर बटुवालाई रोक्ने काम गरे । अहिले यसको सर्वत्र आलोचना भइरहेको छ ।
सडक पेटीमा हिँड्न नपाउनेले त आलोचना गर्ने नै भए । तर, सामाजिक सञ्जाल र देश विदेशमा सिंहदरबार र संसद भवनको सुरक्षाका लागि नेपाल सरकारले सडक पेटीमा प्लाष्टिकको सुतली डोरी टाँगेर सडक पेटीमा सर्वसाधारणलाई हिँड्न रोक लगाएको छ भन्ने समाचार सनसनीपूर्ण छाएको छ । विदेशमा बस्नेहरूले पनि यो सरकारको नालायकीपनको बिराेध गरिरहेका छन् ।
मंगलबार ११ बजेदेखि सरकारको यो कदमको विरोध भइरहँदा पनि गृहमन्त्रीदेखि प्रहरी प्रमुखसम्म चुइँक्क बोलेका छैनन् । जिल्ला प्रशासनलाई यस्तो लाज मर्नु काम किन गरेको भनेर सोध्दा माथिको निर्देशन अनुसार सुरक्षा व्यवस्थालाई मजबुत बनाउन गरिएको भनेर जवाफ आउँछ । यसले पनि यो सरकारमा बसेकाहरू कति गिरेका छन भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।
प्रसंग हो, सिंहदरबार र संसद भवनको सुरक्षाका लागि भन्दै सरकारले ती क्षेत्रका सडक पेटीमा प्लाष्टिकको सुतली डोरी टाँगेर सर्वसाधारणलाई हिँड्न नदिएको विषय । सरकारले प्रधानमन्त्रीदेखि देशका प्रमुख प्रशासकहरू बस्ने सिंहदरबार अनि जननिर्वाचित सांसद बस्ने संसद भवनको सुरक्षाका लागि पेटीमा डारी टाँगेको हो ।
सर्वसाधारणलाई सडक पेटीबाट समेत हिँड्न प्रतिबन्ध लगाउँदै देखाइएको यो नालायकीपनको जति निन्दा र चर्चा गर्दा पनि पुग्दैन । मंगलबार बिहानैदेखि सिंहदरबार वरिपरीका सडक पेटी र संघीय संसद भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न पनि निषेध गरिएको छ । प्रहरीले माथिको निर्देशन भन्दै सडक पेटीलाई प्लाष्टिकको डोरीले घेरेर हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ । कति ठाउँमा सर्वसाधारण र प्रहरीबीच भनाभन पनि भएका छन् ।
सोमबार साँझ बसेको सुरक्षा निकायका अधिकारीहरूको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक पेटीमा हिँड्न नदिने निर्देशन दिएका थिए । सोमबार साँझको सुरक्षा प्रमुखहरुसँगको आकस्मिक बैठकले प्लाष्टिकका डोरी बाँधेर सर्वसाधारणलाई सडक पेटीमा हिँड्न नदिने निर्णय गरेको गृहका एक अधिकारीले बताए ।
सडक पेटीमा समेत हिँड्न प्रतिबन्ध लगाएको भन्दै सर्वसाधारणहरू सरकारप्रति आक्रोस पोखिरहेका छन् । लघुवित्तका ऋणीहरूको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद भवन प्रवेश गरेपछि सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा हिँड्न रोक लगाइएको हो । यसले सरकारको सुरक्षा व्यवस्था कति कमजोर छ भने कुरा देखाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलतालाई हेरेर तत्कालका लागि यस्तो व्यवस्थापन गरिएको जानकारी दिएको छ । सोमबार लघुवित्तका ऋणीहरूको झण्डै ५० जनाको समूह संघीय संसद भवनमा प्रवेश गरेपछि गृह मन्त्रालयले भवनको बाहिरी सुरक्षामा खटिने प्रहरी निरीक्षकसहित ३२ जनाको जिम्मेवारी खोसेको थियो ।
सिंहदरबार र बानेश्वरका फुटपाथमा अघिल्ला दिनहरूमा भन्दा धेरै प्रहरी परिचालन गरिएको छ । उनीहरुले सर्वसाधारणलाई डोरी टाँगिएको क्षेत्रमा हिँड्न दिएका छैनन् । फुटपाथमा हिँड्न नपाएपछि सर्वसाधारणले सडकबाटै हिँडेका छन् । बानेश्वर घटना छानबिनका लागि प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति नै गठन गरेको छ । समिति गठन भएपछि सडक पेटीमा हिँड्न प्रतिबन्ध लगाइएको हो ।
सानो संख्यामा रहेका लघु वित्त र मिटरब्याज पीडितहरुको आन्दोलनलाई रोक्न सरकारले यो डेरीको उपाय निकालेको हो । उनीहरूसँग वार्तामा बसेर समस्याको समाधान चाँडो निकाल्नुपर्नेमा सरकार भने डोरीको सहाराबाट उनीहरुलाई काठमाडौंदेखि लखेट्ने दाउमा छ । उनीहरूबाट संसद र सिंहदरबार क्षेत्रलाई सुरक्षित राख्न डोरीका बार लगाएर बसेको छ । यो भन्दा नग्नताको अर्को रुप देखाउने ठाउँ समेत यो सरकारसँग छैन ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार