ताप्लेजुङमा दश हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइने
नेपालबहस संवाददाता
फागुन १५, २०८० मंगलबार १६:१३:३०
१५ फागुन, फुङ्लिङ । ताप्लेजुङ जिल्लामा दश हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै छ । सरकारले सञ्चालन गरेको राष्ट्रिय खोप अभियान अन्तर्गत ताप्लेजुङका सबै क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खोप लगाउन लागिएको हो ।
यही फागुन १८ देखि २२ गतेसम्म फुङ्लिङ नगरपालिका, पाथीभरा यावरक, सिदिङवा, र सिरिजङ्गा गाउँपालिकामा खोप अभियान सञ्चालन हुने जिल्ला जनस्वास्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत कुलबहादुर पौडेलले राससलाई जानकारी दिए ।
त्यस्तै मेरिङदेन, मैवाखोला, आठराई त्रिवेणी, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिका क्षेत्रमा फागुन २४ देखि २८ गते सम्ममा खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । ताप्लेजुङ जिल्लामा नौ महिनादेखि पाँच वर्षसम्मका दश हजार बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा लगाइनेछ ।
खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ–आफ्ना बालबालिकालाई खोप लगाउन कार्यालयले आह्वान गरेको छ । खोपबाट ८५ प्रतिशतलाई दादुरा रुवेला रोगसँग लड्ने क्षमता विकास गर्ने जनाइएको छ । खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउनेजस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए ।
दादुरा–रुवेला खोप अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । खोप अभियानमा सात वटा रोगविरुद्धको खोप पनि सँगै सञ्चालन हुनेछन् । हेपाटाइटिस बी, धनुष्टङ्कार, इन्फ्लुएन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्धको खोप पनि सञ्चालन हुने स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।
सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक खोप अभियान सञ्चालन गरिएको हो । देशभरका ४९ हजार खोप केन्द्रमार्फत ६० हजार महिला स्वास्थ्य स्वयंसेविका र ४४ हजार स्वास्थ्यकर्मीमार्फत् खोप अभियान सञ्चालन हुनेछ । यो अभियान सञ्चालनमा रु एक अर्ब ३६ करोड खर्च लाग्नेछ । जसमध्ये ८४ प्रतिशत रकम गाभी ९ग्लोबल भ्याक्सिनेशन अलाइन्स० ले अनुदान दिएको छ भने बाँकी नेपाल सरकारले ब्यहोर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरोना जस्तो अर्को महामारी आउने बेलायती वैज्ञानिकको दावी
जेठ १६, २०८१ बुधबार
काठमाडौं ल्याइएका सिरोहियाको मेडिसिटीमा उपचार
जेठ १५, २०८१ मंगलबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ८६ अर्ब २४ करोड
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
बेनी बजारको घना बस्ती
जेठ १६, २०८१ बुधबार
अग्ला हिमालको सुरक्षा चुनौति बनिरहेको छः प्रधानमन्त्री
जेठ १६, २०८१ बुधबार
‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ’
जेठ १६, २०८१ बुधबार
भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी हुँदै
जेठ १६, २०८१ बुधबार
७१ औँ अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा प्रभातफेरी [ फोटोफिचर ]
जेठ १६, २०८१ बुधबार
न्यायाधीश सुवेदी र शर्माको इजलासमा पर्यो कोशी सरकारविरुद्धको रिट
जेठ १६, २०८१ बुधबार