आज पनि सिंहदरबार र बानेश्वरका पेटीमा बटुवालाई निषेध
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार १०:५३:३९
१६ फागुन, काठमाडौं । जनतालाई सडकका पेटीमा हिँड्न रोक लगाएर सरकारले नालायकीपन देखाएको भन्दै चारै तिर विरोध भएपनि सडक पेटीको निषेध कायमै छ । बुधबार बिहानैदेखि सुरक्षाकर्मीहरूले सिंहदरबार, बानेश्वर र बालुवाटारका पेटीमा सर्वसाधारणलाई हिँड्नबाट रोक लगाएका छन् ।
यी क्षेत्रको सुरक्षा व्यवस्थामा खलल पुगेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख बसन्तबहादुर कुँवरले सोमबार साँझ सडक पेटीमा डोरी टांगेर बटुवालाई हिँड्न रोक लगाउनुपर्ने निर्णय गरेका थिए । यो निर्णयपछि प्रहरीले मंगलबार बिहानैदेखि डोरी टांगेर निषेध क्षेत्र लेखेर सर्वसाधारणलाई हिँड्न रोक लगाएको थियो ।
यो क्रमलाई आज पनि निरन्तरता दिइएको छ । लघु वित्त पीडित संघीय संसद भवन नयाँ बानेश्वर भित्रै छिरेर प्रदर्शनमा उत्रिएपछि सरकारले डोरी टांगेर निषेधित क्षेत्र घोषणा गरेको हो । प्रहरी प्रशासनले प्रशासनिक केन्द्र सिंहदरबारको पेटीमा हिँड्न पनि नदिने ध्येयले डोरी टाँगेर निषेधित क्षेत्र लेखेको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा पनि पेटीमा हिँड्न रोक लगाइएको छ । संसद भवनको दक्षिण र पश्चिमतर्फ पेटीबाट आवतजावत गर्न नमिल्ने बनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पनि सुरक्षा सतर्कता बढाइएको छ । बालुवाटारको उत्तर र पूर्व तर्फको पेटीमा प्रवेश निषेधको ब्यानर राखिएको छ ।
सोमबार सुरक्षा निकायको कमजोरीपछि लघुवित्तका ऋणीहरू संघीय संसद भवनभित्र पसेको निष्कर्ष निकालिएको थियो । घटनाबारे उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीन वटै सुरक्षा निकायका आईजीपीहरूसँग सोधपुछ गरेका थिए ।
सोमबार मन्त्रालयमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी दीपक थापा, जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्री र काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत,मन्त्रालयका सचिव, सहसचिवहरू राखेर गृहमन्त्री श्रेष्ठले अबदेखि यस्ता घटनामा कमीकमजोरी हुन नदिन निर्देशन दिँदै पेटीमा डोरी बाँध्ने निर्देशन दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा, काठमाडौंमा रजौरे र अपराध महाशाखामा भट्टराई
बैशाख १४, २०८१ शुक्रबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार