एमाले अध्यक्ष ओलीले फेरी गरे कांग्रेसलाई गाली
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार १४:१२:४३
१६ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र संविधानबारे कांग्रेसको विचार बुझ्न नसकिएको बताएका छन् । उनले कांग्रेसले संविधान संशोधन भनेर ब्ल्याक फायर गरिरहेको तर, के उद्देश्यले भनेको हो भन्ने कुरा नबुझिएको टिप्पणी गरेका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले कांग्रेसले के विषयमा संविधान संशोधन गर्न खोजेको प्रष्ट भएन । के हिसाबले संविधान संशोधन गर्ने भनेको हो थाहा छैन । संविधान संशोधन गर्नका लागि बोल्न भन्दा अगाडि कमसेकम यो स्थितिलाई सम्भव बनाउने गरी कुन कुन विषयमा के का लागि भन्ने चाहियो त्यो पनि भन्दैन, उनले भने ।
ओलीले ८७ सीट बोकेर संविधान संशोधन गर्छु भन्दै कांग्रेस फुरफुर गरिरहेको बताए । उनले संविधान संशोधन गर्न एमालेको साथ चाहिने बताए । एमालेले सहयोग गरे त पुग्छ होला नि भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘केमा सहयोग गर्ने, एमालेले केमा सहयोग गर्ने ? प्रतिगमनका लागि गर्ने अरु कारणका लागि गर्ने ?’
कांग्रेस अग्रगामी सोचका साथ अगाडि नआएको भन्दै उनले भने, ‘गठबन्धन बदलिएपछि कांग्रेस अत्तालिएको छ, किन अत्तालिएको हो थाहा छैन । गठबन्धन फुट्यो भने स्वाहा हुन्छु भन्ने लागेको होला । गठबन्धन भनेको खरानीको डल्लो हो । कुनै पनि बेला फुट्छ । फुटे फुटोस् तर, एमाले काँध थाप्न जाँदैन । कसैलाई काँध थाप्दैन ।’
संविधान संशोधन चाहिँ आवश्यक छ कि छैन भन्ने प्रश्नमा ओलीले आवश्यक हुनसक्ने बताए । तर आफूहरूसँग संख्याले नपुग्ने भएकाले कांग्रेसका जस्तो अहिले संविधान संशोधनको चर्चा नगर्ने ओलीले बताए । एमाले सरकार फेर्ने र बद्लने गठबन्धनको खेलमा नलागेको उनको भनाइ छ । एमाले अहिले मिसन ८४ मा लागेको उनले बताए ।
कांग्रेस बोल्दैन, ‘राष्ट्रियता कमजोर भयो । सुशासन र विकास कमजोर भयो जनतामा निराशा पलायो । काम राम्रो गरेर निराशालाई आशामा बदल्नका लागि पनि हामीले मिसन ८४ भनेका हौ ।’ प्राकृतिक स्रोत साधन भएको देशलाई विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा गठबन्धनको दम्भले अहिलेको सरकारले नसुने उनको हो कांग्रेसले नसुनेको हो, उनले भने ।
अध्यक्ष ओली कांग्रेस प्रति भने आक्रामक बनेका थिए । कांग्रेस सरकार सत्तामा पुग्ने र टिकाउने खेलमा मात्रै लागेको उनको आरोप रहेको छ । ‘तपाइहरूले खोजे जस्तो छैन । पहिलाको जस्तो काँग्रेस तपाइहरूले खोजेर भेटिँदैन । कांग्रेसमा त्यो प्रकारको सोच विकास भएको पनि छैन’ उनले भने ।
ओलीले गठबन्धनलाई खरानीको डल्लोको संज्ञा दिँदै भने ’यो खरानीको डल्लो हो, सुक्यो भने पनि फुट्छ भिज्यो भने पनि फुट्छ । कांग्रेसले विधान संशोधन गर्ने भनेर महासमितिबाट पास गरेको छ नि भन्ने अर्को प्रश्नमा अध्यक्ष ओलीले यतिकै कांग्रेसले ब्ल्याक फायर गरेको बताएका छन् । के हिसाबले विधान संशोधन गर्ने भन्ने थाहा नभई ब्ल्याक फायर गरेको उनको भनाइ रहेको छ । ‘संविधान संशोधन गर्नका लागि कुन कुन विषयमा ? के केका लागि भन्ने कुरा चाहिन्छ,’ उनले प्रश्न गरे उसको ८७ सिटले संविधान संशोधन हुन्छ ?’
प्रतिगमनका लागि कांग्रेसलाई साथ दिन नसकिने उनको भनाइ रहेको छ । कांग्रेस प्रतिगामी सोचमा अगाडि बढिरहेको उनको आरोप रहेको छ । भ्रष्टाचार र विभिन्न मुद्दामा जोडिएका मन्त्रीहरूले राजीनामा दिनु पर्ने उनी बताउँछन् । अदालतमा झन्डा हल्लाएर मन्त्रीहरू बयान दिन जाने अनि आएर धाक लगाउने गरेको ओलीको भनाइ रहेको छ । शेर बहादुर तामाङ, गोकुल वास्कोटा हरि पराजुली सामान्य मुद्दामा कुरा उठेपछि राजीनामा दिएको भन्दै उनले अहिलेका मन्त्रीहरूले पनि राजीनामा दिनु पर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउदयपुरको रौतामा आगलागी हुँदा ५० लाख बराबरको क्षति
बैशाख १४, २०८१ शुक्रबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नगरकोटमा पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
नेपाल ७६ रनले वेस्ट इन्डिज ए सँग पराजित
बैशाख १९, २०८१ बुधबार
मस्क टेस्लाका ६ हजारलाई कर्मचारीलाई बर्खास्त गर्ने तयारीमा
बैशाख १९, २०८१ बुधबार
नेपालले पाँचौं विकेट गुमायो
बैशाख १९, २०८१ बुधबार
डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो !
बैशाख १९, २०८१ बुधबार
नेपालले तेस्रो विकेट गुमायो, आरिफ आउट
बैशाख १९, २०८१ बुधबार
दिवसको प्रवाह नगरी कच्ची घरमा बसेर महल ठ्डयाउने ‘रुवि’
बैशाख १९, २०८१ बुधबार