कांग्रेस नेता दीपक खड्काले वनमन्त्रीलाई धम्क्यारै लिए शिवपुरी निकुञ्ज क्षेत्रमा होटल सञ्चालनको अनुमति
नेपालबहस संवाददाता
फागुन १७, २०८० बिहिबार १७:४३:१८
१७ फागुन, काठमाडौं । पूर्वमन्त्री तथा वर्तमान सांसद दीपक खड्काले शिवपुरी जलाधारको क्षेत्रलाई समेत अप्ठेरो पर्ने गरी खोलिएको होटल सञ्चालनका लागि वन मन्त्रालयबाट अनुमति लिएका छन् । दुई महिनाअघि नै उनले वन मन्त्री वीरेन्द्र महतो र वन सचिव दीपक खराललाई धम्क्याएर अनुमति लिएकाे दावी मन्त्रालय स्राेतकाे छ ।
मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० लाई संशोधन गरेर निकुञ्जभित्र होटल तथा रिसोर्ट सञ्चालन गर्न दिने तयारी गरिरहेको बेला पाँच तारे होटलको पूर्वाधार निर्माणअघि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगराई निर्माण सुरु गरेको होटल सञ्चालन अनुमति लिएका हुन् ।
साे नियमावलीमा होटल खोल्न पाइने प्रावधान राखिएको र त्यसबाहेक पर्यटन सेवा अन्तर्गत पर्यटकीय खेल तथा पर्यटकीय सेवा सञ्चालन गर्न नियमावली संशोधन गर्न लागिएको अवस्थामै उनले नियमावली संशोधन अघि नै वन मन्त्रालयमा धर्ना बस्छु भनेर धम्क्याएर अनुमति लिएको मन्त्रालय स्रोतले जनाएको छ ।
खड्कालाई सहजीकरण गर्न कै लागि वन मन्त्रालयले नियमावली संशोधनको तयारी थालेको थियो । तर उनले निर्माण कार्य ढिला भो भन्दै अनुमति लिएका हुन् । वन मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका तत्कालीन प्रवक्ता अजय कार्कीको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको थियो । समिति सदस्यहरूमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट गणेश पन्त, मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगाना, डब्लुडब्लुएफका सल्लाहकार शान्तराज ज्ञवाली, विष्णु थपलिया, वन मन्त्रीका सल्लाहकार अवधेश कुमार सिंह, निकुञ्ज विभागका कानुन अधिकृत सृजना घिमिरे र दीपक महर्जन सदस्य छन् ।
सर्वोच्च अदालतको २०६९ को आदेशअनुसार चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको टाइगर टप्ससहितका रिसोर्ट बन्द भएका थिए । टाइगर टप्स निकुञ्ज नबन्दै सन् १९६४ मा स्थापना भएको थियो । ११ वर्ष अघिसम्म निकुञ्जभित्र टाइगर टप्स, मचान वाइल्ड लाइफ रिसोर्ट, चितवन जंगल लज, आइल्यान्ड जंगल रिसोर्ट, टेम्पल टाइगर टप्स, गैँडा वाइड लाइफ सञ्चालन थिए । टाइगर टप्स सञ्चालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै सकारात्मक भएपछि नियमावली संशोधन प्रकृया अघि बढेको थियो । प्रधानमन्त्री नै सकारात्मक बनेपछि सांसद खड्कालाई पनि सहज भएपनि उनले नियमावली संशोधन नहुँदै आफ्नो होटल निर्माणको अनुमति लिएका हुन् ।
गत पुसमा वन तथा वातावरण मन्त्रालयमा वन तथा वातावरण मन्त्री मन्त्री वीरेन्द्र महतो, मन्त्रालयका सचिव दीपककुमार खराल र नेपाली कांग्रेसका सांसद दीपक खड्काबीच काठमाडौँको बूढानीलकण्ठमा निर्माण गरिएको ‘होटल फरेस्ट इन’सम्बन्धी फाइल अगाडि नबढेपछि आरोप प्रत्यारोप भएको थियो । आफ्नो लगानीमा खुल्न लागेको रिसोर्टलाई अनुमति नदिएर सरकारी निकायले दुःख दिएको भन्दै सांसद खडकाले अनसन बस्ने घोषणासमेत गरेपछि मन्त्रालयले बाध्य भएर अनुमति दिएको एक कर्मचारीले बताए । यसबारेमा सांसद खडकासँग नेपालबहसले पटक पटक सम्पर्क गर्दा पनि उनले फोन उठाएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
मोटरसाइकल चोरीमा संलग्न ४ जना काठमाडौंमा पक्राउ
जेठ १८, २०८१ शुक्रबार
काठमाडौं महानगरको १५ औं नगर सभा जेठ ३२ मा
जेठ १८, २०८१ शुक्रबार
तराईमा अत्यधिक गर्मी, तातो लहरबाट बच्न अपिल
जेठ १८, २०८१ शुक्रबार
अब लाइसेन्स भएपनि बन्दुक घरबाहिर लैजान यात्रा अनुमति अनिवार्य लिनुपर्ने
जेठ १८, २०८१ शुक्रबार
सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता, समसामयिक विषयवस्तुमा छलफल
जेठ १८, २०८१ शुक्रबार
पर्यटन विकास आयोजनाका दुई सव इन्जिनियर घुससहित पक्राउ
जेठ १८, २०८१ शुक्रबार