बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाइने
नेपालबहस संवाददाता
फागुन १७, २०८० बिहिबार १४:४:४२
१७ फागुन, राँझा 'बाँके' । बाँकेमा जङ्गली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाइने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका केही वडामा बसोबास गर्ने सर्वसाधारणको जमिन बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । मध्यवर्ती क्षेत्रका बस्तीमा जङ्गली जनावरबाट बाली जोगाउन सर्वसाधारणलाई मुस्किल भएको छ ।
जङ्गली जनावरबाट बाली जोगाउन राप्ती सोनारीका मध्यवर्ती क्षेत्रमा पर्ने वडा कार्यालयले यो वर्ष तारजाली लगाउने तयारी गरेका छन् । अन्य कुनै उपाय नभएपछि तारजाली लगाउने योजना अगाडि सारेको राप्ती सोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारूले जानकारी दिए ।
“निकुञ्जबाट आउने जनावरले जनताको बालीमा नोक्सानी पुर्याउने क्रम नरोकिएपछि तारजाली लगाउने प्रक्रिया अगाडि बढाएका छौँ”, वडाध्यक्ष थारूले भने, “यो वर्ष बढी प्रभावित क्षेत्रमा तारजाली लगाउने कार्य सुरु भएको छ ।”
राप्ती सोनारी–९ मा रहेको झिझरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा चार सय ७५ मिटर तारबार लगाइने वडाध्यक्ष थारूको भनाइ छ । बाँकेमा निकुञ्जसँग जोडिएको बैजनाथ गाउँपालिका–१ को चिसापानी, गाभर, कोहलपुर नगरपालिका–१३ को खड्कवार, भरैया र राप्ती सोनारी गाउँपालिका–९ को महादेवा, बुच्चापुर, वालापुर, वडा नं ८ को शम्शेरगञ्ज, गोठेरी, बाँदरभरिया र वडा नं १ को खासकुस्माका गाउँबस्तीमा जङ्गली जनावर प्रवेश गरी अन्न बाली नष्ट गरिदिएपछि सर्वसाधारण चिन्तित छन् ।
जङ्गली जनावरले आलु, तोरी, मकै, गहुँलगायतका हिउँदे तथा बर्खेबालीमा बढी नोक्सानी पुर्याउने गरेको राप्ती सोनारी गाउँपालिका–९ बुच्चापुरका लीला परियारले बताए । उनले यो मौसममा आफ्नो पाँच कठ्ठा क्षेत्रफलमा लगाएको तोरी जनावारले नष्ट गरिदिएको जानकारी दिए। उनका अनुसार आलु, मकै र तोरी बाली बँदेलले बढी मन पराउने भएकाले यो समयमा बँदेलको बिगबिगी हुने गरेको छ ।
कोहलपुर नगरपालिका–१३ खड्कावारका स्थानीय अगुवा शिक्षक दुर्गा डाँगीले जङ्गली जनावारले खेतीबाली खाइदिएर ठूलो क्षति पुर्याएको बताए । “मेहनत गरेर वर्ष दिनभरि खाने खेती उब्जनी गर्यो जनावरले खाइदिन्छन्”, डाँगीले भने, “जङ्गली जनावारका कारण गाउँलेको उठिबास हुने हो कि भन्ने चिन्ता छ ।”
राप्ती सोनारी गाउँपालिका–८ नं वडा कार्यालयले पनि जङ्गली जनावर नियन्त्रणका लागि मध्यवर्ती क्षेत्रको जङ्गल क्षेत्रमा तारजाली निर्माणलाई प्राथमिकता दिएको छ । यो वर्ष मध्यवर्ती क्षेत्रको अमुवागाउँमा करिब तीन सय मिटर तारबार मेसजाली लगाउने योजना रहेको वडाध्यक्ष शालिकराम डाँगीले बताए ।
राप्ती सोनारी–१ खासकुस्माका गाउँबस्तीमा जङ्गली जनावरले धेरै दुःख दिने गरेको वडाध्यक्ष यमबहादुर खड्का बताउँछन् । उनले राप्ती सोनारी गाउँपालिकाले विगतका वर्षमा तारजालीको योजना ल्याए पनि गत वर्ष र यो वर्ष कुनै काम हुन नसकेको उल्लेख गरे । तारजाली लगाएपछि जङ्गली जनावरबाट हुने क्षति केही कम भएको उनको भनाइ छ ।
पाँच सय ५० वर्ग किलोमिटरमा फैलिएको बाँके निकुञ्जको कोहलपुरबाट शिवखोलासम्म पूर्व–पश्चिम राजमार्गको दूरी ७२ किलोमिटर रहेको छ । निकुञ्जभित्र पर्ने तीन सय ४३ वर्ग किलोमिटर मध्यवर्ती क्षेत्रमा निकुञ्जले पनि तारजाली निर्माण गर्ने गरेको बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत कुननारायण चौधरीले जानकारी दिए ।
बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तुबाट मानव तथा बालीनालीमा हुने क्षति न्यूनीकरण गर्न मध्यवर्ती क्षेत्रमा तारबारका लागि सङ्घीय सरकारसँग योजना माग गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै
बैशाख १७, २०८१ सोमबार
सिरहाका १३ पालिका दमकल विहीन
बैशाख १६, २०८१ आइतबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
तातो हावा चल्न थालेपछि बुटवलका विद्यालय दुई दिन बन्द
बैशाख २०, २०८१ बिहिबार
४२ डिग्रीको गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी
बैशाख २०, २०८१ बिहिबार
गर्मी बढेसँगै जुनारको जुस बिक्री बढ्यो
बैशाख २०, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २०, २०८१ बिहिबार
चेन्नईलाई ७ विकेटले हराउँदै पञ्जाव विजयी
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार