एभरेष्ट बैंकको वितरण योग्य मुनाफा घट्यो, खराब कर्जा बढ्यो, प्रमुख आम्दानीको स्रोत नै घट्यो
नेपालबहस संवाददाता
फागुन १७, २०८० बिहिबार १७:१:१८
१७ फागुन, काठमाडौं । भारतीय पञ्जाव नेशनल बैंकसँगको सहकार्यमा नेपालमा सञ्चालित एभरेष्ट बैंक लिमिटेडको वितरण योग्य मुनाफा भारी मात्रामा घटेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको तथ्याङ्कलाई हेर्दा वितरण योग्य मुनाफा १५ दशमलव ५३ प्रतिशतले घटेको छ । त्यस्तै बैंकको संचित मुनाफा पनि ४१ दशमलव ४९ प्रतिशतले घटेको छ । बैंकको खराब कर्जा पनि बढेको छ । प्रमुख आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा १ दशमलव २७ प्रतिशतको गिरावट आएको छ ।
बैंक संचालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य रहेका छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा किरण कृष्ण श्रेष्ठ, नवीन भक्त श्रेष्ठ, उर्मिला श्रेष्ठ, राकेश ग्रोवर र स्वतन्त्र संचालकमा डा. तारक बहादुर के.सी. रहेका छन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ सुदेश खालिङदेखि डेपुटी सीईओमा विजय कुमार शर्मा रहेका छन् । त्यस्तै बैंकको उपमहाप्रबन्धकमा गौरव कुमार,केशवराज पौडेल र आशुतोष शर्मा रहेका छन् ।
कस्तो आयो आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफा:
चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् ६ महिनाको अवधिमा बैंकले १ अर्ब ७१ करोड बराबर खुद मुनाफा गरेकोमा गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले १ अर्ब ५८ करोड बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ७ दशमलव ८८ प्रतिशतको वृद्धि भएको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफा:
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३ अर्ब ६७ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ६२ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानीमा १ दशमलव २७ प्रतिशतको गिरावट भएको छ । त्यस्तै, संचालन मुनाफा ७ दशमलव ९० प्रतिशतले वृद्धि हुँदै २ अर्ब ४४ करोड पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले २ अर्ब २६ करोड संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानी :
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २९ रुपैयाँ १२ पैसा हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी २१ रुपैयाँ ४५ पैसा थियो । समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ३५ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ ।
वितरण योग्य मुनाफा :
कम्पनीको वितरण योग्य मुनाफा २ अर्ब ४० करोड रहेको छ । गत आर्थिक वर्ष वितरण योग्य मुनाफा २ अर्ब ८४ करोड थियो । समीक्षा अवधिमा वितरण योग्य मुनाफा १५ दशमलव ५३ प्रतिशतले घटेको छ । कम्पनीको प्रतिशेयर वितरण योग्य मुनाफा २७ रुपैयाँ २५ पैसा रहेको छ । गत आर्थिक वर्ष प्रतिशेयर वितरण योग्य मुनाफा २६ रुपैयाँ ६१ पैसा थियो ।
निक्षेप, कर्जा :
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ खर्ब १३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्त र अहिलेको तथ्याङ्कलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ८ दशमलव शून्य १ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह पनि ५ दशमलव ६५ प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोष, संचित मुनाफा :
जगेडा कोष १० दशमलव ६८ प्रतिशतले बढेर ११ अर्ब ४२ करोड पुगेको छ भने संचित मुनाफा ४१ दशमलव ४९ प्रतिशतले घटेर २ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।
किताबी मूल्य :
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) २१९ रुपैयाँ ५७ पैसा आउँछ ।
निष्क्रिय कर्जा :
कम्पनीको खराब कर्जा शून्य दशमलव ७७ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा शून्य दशमलव ५५ प्रतिशत थियो ।
आधार ब्याजदर, स्प्रेडदर:
बैंकको आधार ब्याजदर केही घट्दै ८ दशमलव ६९ प्रतिशत पुगेको छ । स्प्रेडदर ४ प्रतिशत छ । गत आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४ दशमलव ३८ प्रतिशत थियो ।
लाभांश इतिहास :
कम्पनीले आर्थिक वर्ष २०७९/८० मा १० प्रतिशत बोनस र १० दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार