बिहेको निम्तोले भारत आइपुगे फेसबुकका संस्थापक मार्क जुकरबर्ग
नेपालबहस संवाददाता
फागुन १८, २०८० शुक्रबार ९:५३:१०
१८ फागुन,नयाँदिल्ली । अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहमा सहभागी हुने सेलिब्रेटीहरूको सूची लामो देखिएको छ।
फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि सो बिबाह समारोहमा सहभागी हुनका लागि भारतको जामनगर आइपुगेका छन् । उनी आफ्नी पत्नी प्रिसेलिया चानसँग जामनगर पुगेका थिए जहाँ उनलाई विमानस्थलमा गुजराती परम्परागत शैलीमा स्वागत गरिएको थियो।
मार्क जुकरबर्ग भन्दा पहिले एमार प्रोपर्टीजका संस्थापक मोहम्मद अलब्बर पनि जामनगर पुगिसकेका छन् । इमार प्रोपर्टीज, त्यही हो, जसले बुर्ज खलिफा बनाएको थियो । हाल इमार विश्वका ८० देशमा काम गरिरहेको छ ।
अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहपूर्व समारोहमा धेरै बलिउड सेलिब्रेटीहरू सहभागी भएका छन् । अहिलेसम्म शाहरुख खान, सलमान खान, रणवीर कपुर, आलिया भट्ट, अर्जुन कपुर र जान्हवी कपुर समारोहमा सहभागी हुन जामनगर पुगिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
यसैगरी, भारतका अर्बपति मुकेश अम्बानीको छोराका बिबाहमा सहभागी हुनका लागि फेसबुकका संस्थापक मार्क जुकरबर्ग, माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स, साउदी आरामकोका अध्यक्ष यासेर अल रुमायान, एनभी इन्भेष्टमेन्टका संस्थापक भिभी नेभो, हार्वर्ड बिजनेस स्कूलका पूर्व डिन नितिन नोहरिया, सीसीआरएम न्यूयोर्कका संस्थापक साझेदार डा। ब्रायन लेभिन, सोनीका सीईओ केनिचिरो योशिदालगायत रहेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोकियोमा फ्लाइङ कारको डेब्यु
जेठ ९, २०८१ बुधबार
नासाको आर्टेमिस-३ मिसन, अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण शुरु
जेठ ५, २०८१ शनिबार
सोलार म्याक्सीमा : सूर्यमा हलचल, पृथ्वीमा खलबल
जेठ २, २०८१ बुधबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
किराँत समुदायमा धुमधामका साथ उँभौली मनाउँदै
जेठ १०, २०८१ बिहिबार
बगरमा दुर्लभ पाटे बाघ मृत भेटियो
जेठ १०, २०८१ बिहिबार
राष्ट्रपति चुनावमा ट्रम्पलाई भोट दिन्छु : निक्की हेली
जेठ १०, २०८१ बिहिबार
श्रीलंका प्रिमियर लिगमा फिक्सिङको प्रयास : फ्रेन्चाइजी बर्खास्त, मालिक पक्राउ
जेठ १०, २०८१ बिहिबार
सहकारीको मुद्दा लिएर सडकमा कांग्रेसः ७ निर्णय, ७ सन्देश
जेठ १०, २०८१ बिहिबार
‘वेलकम टु द जंगल’ बाट बाहिरिए सञ्जय दत्त
जेठ १०, २०८१ बिहिबार