बेलबारी सवारी दुर्घटना : मृत्यु हुनेको ३ तीन पुग्यो
नेपालबहस संवाददाता
फागुन १८, २०८० शुक्रबार ११:२९:८
१८ फागुन, उर्लाबारी । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार मृत्यु हुनेहरूमा झापाको कमल गाउँपालिका २ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४ वर्षीया दीपा खनाल र ३६ वर्षीय कृष्ण गजुरेल छन् । त्यस्तै, दुर्घटनामा परी गम्भीर घाइते भएका हरि खनाल र गायत्री भट्टराईको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
बेलबारीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २८५६ नम्बरको जिपलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.२–००१ ख ९६७६ नम्बरको ट्रिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो । ट्रिपरले जिपलाई ठक्कर दिनुअघि काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–क–००१ ख २७१८ नम्बरको यात्रुबाहक बसलाई समेत ठक्कर दिएको बसका चालक छत्रकुमार मास्केले बताए ।
प्रहरीले ट्रिपर र चालक सुन्दरहरैंचा–७ का चन्द्रबहादुर विकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको शंखमूलमा आगलागी
बैशाख १६, २०८१ आइतबार
गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, १ जनाको मृत्यु, १२ घाइते
बैशाख १६, २०८१ आइतबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार