बालेनलाई सांसद साहको चेतावनी:- कवाडीहरुमाथि गरिरहेको ज्यादती नरोकिए काठमाडौं छोड्ने दिन आउला !
नेपालबहस संवाददाता
फागुन २०, २०८० आइतबार १६:२२:०
२० फागुन, काठमाडौं। संघीय संसद किरण कुमार साहले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह 'बालेन'ले कवाडीहरुमाथि गरिरहेको ज्यादती नरोकिएमा काठमाडौँ नै छोड्न सक्ने अवस्था आउने चेतावनी दिएका छन्।
काठमाडौंस्थित कवाड व्यवसायीहरूको प्रदर्शनमा सहभागी हुँदै सांसद साहले आन्दोलनलाई सिङ्गो नेकपा एमाले पार्टीले साथ सहयोग समर्थन गर्ने प्रतिवद्धता जनाएका छन् । महानगरपालिकाले कवाडीहरुमाथि गरेका ज्यादती विरुद्ध आइतबार कवाड व्यवसायीहरूले दोस्रो दिन सडक प्रदर्शन गरेका छन् ।
महानगरको हस्तक्षेपविरुद्ध गरिएको प्रदर्शनलाई सम्बोधन गर्दै सांसद साहले देशमा हरेक नागरिकले बिना रोकतोक व्यापार व्यवसाय गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग पनि गरे ।
उनले बालेनले गरेको हर्कत बन्द गर्न सरकारको ध्यानाकर्षण गराए । बालेनको पछिल्लो कदम तानाशाही भएको भन्दै उनले भर्त्सनासमेत गरे । उनले एमाले साथमा रहेको भन्दै सडकदेखि सदनसम्म कवाड व्यवसायीको पक्षमा जोडदार आवाज उठाउने बताए ।
'कवाड व्यवसायीहरू वर्षौंदेखि काठमाडौंमा रहेर व्यापार गर्दै आएका छन् । तर, महानगर प्रमुख बालेन अदालत र नेपालको कानुनभन्दा माथि छैनन्, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तपाईंहरूको साथमा छ,' उनले भने, 'बालेनजी तपाईं जुन उद्योगी, व्यवसायी, श्रमजीवीको अधिकार खोस्न लागि पर्नु भएको छ। कहीं तपाईँलाई काठमाडौँ छोड्न नपरोस्।'
कवाड व्यवसायीको माग बालेनले नभएर काठमाडौं महानगरपालिकाले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । सांसद किरण कुमार साहले काठमाडौंलाई सुन्दर सफा र स्वच्छ बनाउन कवाड व्यवसायीको ठूलो भूमिका रहेको चर्चा गर्दै उपत्यकाबाट दैनिक ७० ट्रक कवाड बाहिर जाने गरेको बताए । आमजनता पार्टी निकट आईटी आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहले पनि कवाड व्यवसायीको अधिकारको लागि आवाज उठाए ।
काठमाडौं महानगरपालिकाले कवाडीहरुलाई व्यवसाय बन्द गर्न सूचना जारी गरेपछि उनीहरू आन्दोलित भएका छन्। कवाडीहरुको आन्दोलनलाई आमजनता पार्टीका अध्यक्ष प्रभु साह, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, स्वतन्त्र सांसद डा अमरेश कुमार सिंहले समर्थन जनाएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ५, २०८१ शनिबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सर्वोच्च छल्न हतारिए प्रधानमन्त्री, के होला विश्वासको मत ?
जेठ ७, २०८१ सोमबार
कार्यदलको बैठक बस्न नसक्दा संसदीय छानबिन समिति गठन प्रक्रिया अन्योलमा
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार