आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
नेपालबहस संवाददाता
फागुन २०, २०८० आइतबार १७:४७:११
२० फागुन, काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २६ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समितिको चयन गरेको छ । सञ्चालक समितिमा आगामी ४ बर्षको लागि संस्थापक समूहबाट हेमराज ढकाल, विशाल अग्रवाल, अम्बिकाप्रसाद पौडेल र कृति टिवडेवाल साथै सर्वसाधारण समूहबाट राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाल संचालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।
२०८० वैशाख २७ गतेबाट साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी बीमा क्षेत्रमा सबैभन्दा छोटो समयमा मर्जर सम्पन्न गरी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार पछिको यो पहिलो साधारणसभा हो ।
नेपाली बीमा बजारमा छुट्टै पहिचान स्थापित गर्न गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको अध्यक्ष हेमराज ढकालले बताए । मर्जर कार्यमा सहयोग गर्ने कम्पनीका सम्पूर्ण शेयरधनीहरु, नियामकीय निकाय नेपाल बीमा प्राधिकरण, नेपाल धितो पत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस क्लियरिङ लिमिटेड, स्वदेशी तथा विदेशी पूनर्बीमा कम्पनीहरू, पुनर्बीमा, ब्रोकरहरु, लेखापरीक्षकहरु लगायत पत्रकार जगतलाई सो अवसरमा अध्यक्ष ढकालले धन्यवाद दिएका थिए ।
देशको समग्र आर्थिक गतिविधिलाई चलायमान बनाई राख्नको लागि ठूलठूला मेगा प्रोजेक्टहरूको स्थापना हुनु पर्नेमा विशेष जोड दिँदै अध्यक्ष ढकालले नेपालमा विकास निर्माणको लागि सड्क, जलविद्युत, कृषि, पर्यटन तथा सूचना प्रविधिको क्षेत्रमा प्रचुर सम्भावना रहेकोले सरकारले उच्च प्राथमिकताका साथ लगानी मैत्री वातावरणको सृजना गरी स्वदेशी तथा विदेशी लगानीलाई विशेष प्रोत्साहन गर्न सके देश भित्रै रोजगारीको सृजना भई देश आर्थिक सम्बृद्धिको बाटोमा लम्किने धारणा राखेका थिए ।
देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बीमा बजार अझै फराकिलो हुने र बीमाको दायरमा वृद्धि भई व्यवसाय र मुनाफामा वृद्धि हुने उनको धारणा थियो ।
पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिस्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुँच विस्तार आदिले बीमा व्यवसाय वृद्धि, नाफामा वृद्धि भएबाट पूँजी बजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको छ । बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयाँ नयाँ क्षेत्र पहिल्याई आम नागरिकलाई सूचना प्रविधिको माध्यमबाट समेत सहज सेवा प्रदान गर्ने हेतुले आगामी बर्षमा ग्राहकमुखी भएर सन्तुष्ट ग्राहकहरूको संख्यामा वृद्धि गरी अगाडि बढ्ने लक्ष्य कम्पनीले लिएको बताइएको छ ।
सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष ढकालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन पनि सर्वसम्मत पारित गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दावी भुक्तानी बक्यौता सबैभन्दा उच्च
असोज ७, २०८० आइतबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
उपनिर्वाचनः बझाङमा एमालेको सुरुवाती अग्रता
बैशाख १६, २०८१ आइतबार
मासिक ६० लाख अफगानीलाई विश्व खाद्य कार्यक्रमद्वारा सहयोग वितरण
बैशाख १६, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
बैशाख १६, २०८१ आइतबार
इलाम २ को अपडेट: कांग्रेसका खड्काको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार
नेपालले पाँचौ विकेट गुमायो
बैशाख १६, २०८१ आइतबार
‘एक घर एक धारा’ अभियानले खुसी छन् बुडोलबासी
बैशाख १६, २०८१ आइतबार