पर्सा प्रहरीद्वारा ठूलो परिमाणमा प्याज बरामद
आबिद हुसेन
फागुन २०, २०८० आइतबार १९:१३:२४
२० फागुन, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा प्याज बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ मिनाबजारमा अनधिकृत रुपमा भण्डारण गरेको अवस्थामा प्रहरीले ५ हजार २२० किलोग्राम प्याज बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा खानतलासी गर्न पुगेको प्रहरीलाई देख्ने बित्तिकै प्याज भण्डारण गर्ने व्यक्ति फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए । उनका अनुसार १३३ बोरामा बेवारिसे अवस्थामा बरामद गरिएको प्याज आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
यस्तै प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईदगाह चौकबाट भन्सार छलीका सामग्री बरामद गरेको छ । २ जना व्यक्तिहरूले भन्सार छली चोरी पैठारी गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले विभिन्न सामग्री बरामद गरेको हो ।
प्रवक्ता थापाका अनुसार ३५० मीटर थान कपडा, मार्किन कपडा ७२ मिटर, लेडिज कट्टु १५५ पिस, अण्डरवेयर ९८ पिस, होली कुर्ता १० पिस, तौलीया १२ पिस, कुर्ता सुरुवाल ८ पिस, लुंगी ३ पिस, गम्छा ५ पिस बरामद गरिएको हो ।
३ लाख ३ हजार ३१० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री आवश्यक अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपधरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा, काठमाडौंमा रजौरे र अपराध महाशाखामा भट्टराई
बैशाख १४, २०८१ शुक्रबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
इलाममा एमालेको अग्रता फराकिलो बन्दै, कांग्रेस २६४३ मतले पछाडी
बैशाख १७, २०८१ सोमबार
आजको मौसम : पहाडमा वर्षा, तराइमा हावाहुरीको सम्भावना
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
आजको राशीफल
बैशाख १७, २०८१ सोमबार
बझाङमा एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता
बैशाख १७, २०८१ सोमबार
इलाम अपडेट : अग्रता बढाउँदै एमाले, सुहाङ २२८२ मतले अगाडि
बैशाख १७, २०८१ सोमबार