टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु, एक घाइते
नेपालबहस संवाददाता
फागुन २१, २०८० सोमबार १२:५:३४
२१ फागुन, महोत्तरी । महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नम्बरको टाटासुमोले गएराति पिपरा–१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिएको थियो । ठक्करबाट ट्र्याक्टरमा पछाडि बसेका राइनको मृत्यु भएको थियो भने सोही क्रममा टाटासुमोले विपरित दिशाबाट साइकलमा आउँदै गरेको यावदलाई ठक्कर दिएको थियो ।
सोही टाटासुमोको ठक्करबाट ट्र्याक्टरमा सवार पिपरा–५ का ६० वर्षीय झप्सी कवाडी गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको जनाइएको छ । टाटासुमो पनि मटिहानी –४ स्थित सडक छेउमा पल्टिएर दुर्घटना भएको र चालक फरार रहेका बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या
बैशाख १७, २०८१ सोमबार
काठमाडौंको शंखमूलमा आगलागी
बैशाख १६, २०८१ आइतबार
गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, १ जनाको मृत्यु, १२ घाइते
बैशाख १६, २०८१ आइतबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
घण्टाघर र ढकमक्क ज्याकाराण्डा
बैशाख १७, २०८१ सोमबार
बझाङः कांग्रेस ८९७७, एमाले ८६९३, माओवादी ३५०९, एस २३९२ मत
बैशाख १७, २०८१ सोमबार
महाकाली नदीमा रहेको झोलुङ्गे पुल
बैशाख १७, २०८१ सोमबार
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
इलामः एमाले १०,४१९, कांग्रेस ७,०६२, स्वतन्त्र ५,७६१ र रास्वपा १४४३ मत
बैशाख १७, २०८१ सोमबार
स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या
बैशाख १७, २०८१ सोमबार