नेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँच
नेपालबहस संवाददाता
फागुन २१, २०८० सोमबार १४:१७:५७
२१ फागुन, काठमाडौं । नेपाल मेडिकल कलेजले कानको श्रवण सम्बन्धी निःशुल्क जाँच गरेको छ । कलेजले विश्व श्रवण दिवसको अवसरमा नाक कान घाँटी विभाग अन्तर्गत ओपीडी शुल्क र कानको श्रवण सम्बन्धी परीक्षण निःशुल्क गरेको हो ।
आइतबार आयोजित निःशुल्क श्रवण परीक्षण तथा नाक कान घाँटी निःशुल्क ओपीडीमा ९७ जनाले ओपीडी सेवा लिएको तथा ३० जनाको कानको श्रवण परीक्षण गरिएको नाक कान घाँटी रोग विज्ञागको विशेषज्ञ चिकित्सक डा. सुमेध मिश्राले जानकारी दिए ।
सो क्रममा धेरैको नाक कान घाँटी सम्बन्धी र कानको श्रवण सम्बन्धी समस्याहरूले देखिएको छ । चिकित्सकहरूले कानको श्रवणमा समस्या देखिएकाहरुलाई आवश्यक परामर्श सहित कानको श्रवणको उपचार गर्न सल्लाह दिएका थिए । परीक्षणमा वयस्क महिला पुरुष, ज्येष्ठ नागरिक र बालबालिकाहरू पनि सहभागी थिए । चिकित्सकहरूले नेपालमा कानको श्रवण सम्बन्धी जस्तोसुकै समस्याको उपचार हुने, ज्येष्ठ नागरिकमा श्रवण सम्बन्धी समस्या आइ परेपछि देखिने शारीरिक र मानसिक अवस्थाका बारेमा सचेतना समेत दिएका थिए ।
विश्व स्वास्थ्य संगठनले प्रत्येक वर्ष मार्च ३ लाई विश्व श्रवण दिवसका रुपमा मनाउने गरेको छ । नाक कान घाँटी रोग विशेषज्ञ चिकित्सक डा. सुमेश मिश्राका अनुसार गर्भावस्थामै गर्भको शिशुको श्रवण शक्तिको परीक्षण गर्ने विधिहरु आइसकेको छ । पेटमा रहेको शिशुको श्रवण क्षमताको परीक्षण गरी शिशु जन्मिएको ६ महिनासम्ममा श्रवण समस्याको उपचार गर्न सकिने डा. मिश्राको भनाई छ । ‘गर्भावस्थामै धेरै यस्ता संक्रमणहरु छन् जो आमाबाट बच्चामा पास हुँदै गर्दा जन्मजात नै श्रवण सम्बन्धी समस्या हुने गरेको छ । त्यस्ता संक्रमणको रुटिन प्रोफाइलहरु हरेक प्रसुति तथा स्त्री रोग विशेषज्ञले गर्नुहुन्छ ।’ डा. मिश्रा भन्छन् ।
गर्भवती अवस्थामा अत्यधिक मात्रामा औषधिहरु खासगरी प्रसूति रोग विशेषज्ञ चिकित्सकले सिफारिस नगरीकन सेवा गर्दा पाठेघरमा रहेको बच्चाको स्वास्थ्यमा असर गर्दछ । ‘धेरै औषधिहरु हुन्छन् जसलाई अटो टक्सिस गुण भन्छौँ । त्यसले पछि गएर बच्चाको कानमा असर गर्नसक्ने भएकोले कुशल र अनुभवी प्रसूति तथा स्त्री रोग विशेषज्ञको सल्लाहमा औषधी सेवन गर्नुपर्छ ।’ नेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी तथा नाक कान घाँटी सम्बन्धी जस्तोसुकै समस्याको उपचार हुने भन्दै डा. मिश्राले भने ।
कान नसुन्ने समस्या बालबालिका र ज्येष्ठ नागरिकमा बढी मात्रामा हुने भन्दै डा. मिश्राले ज्येष्ठ नागरिकहरूमा ‘म कान सुन्दिन’ भन्दा अरूले कमजोर ठान्ने वा सामाजिक, पारिवारिक हिनताभाव महसुस गर्ने भएकाले उनीहरुले खुलेर भन्न नसकेको जिकीर गरे । ‘हामी कहाँ आउने अधिकांश बा आमाहरूमा हेयरिङ एड लगाउँदा कसैले केही भन्ने हो कि, गिज्याउने हो कि भन्ने चिन्ता देखिएको छ । कान नसुन्ने समस्यालाई आजको दिनमा उपचार गरेर निको पार्न सकिन्छ । कान नसुन्दैमा समाजमा बाच्न सकिँदैन भन्ने भ्रमबाट मुक्त गर्नु अपहिरहार्य छ ।’ यसका लागि परिवारका ज्येष्ठ नागरिकलाई कानको समस्या छ वा कान नसुन्ने समस्या देखिएको छ भने उनीहरुको उपचार गर्न ध्यान दिनुपर्ने भन्दै भने ।
कलेजले श्रवण सम्बन्धी सचेतना फैलाउन तथा आम नागरिकलाई सर्व सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न निःशुल्क ओपीडी तथा श्रवण सम्बन्धी परीक्षण सेवा दिइएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
तातो हावा चल्न थालेपछि बुटवलका विद्यालय दुई दिन बन्द
बैशाख २०, २०८१ बिहिबार
४२ डिग्रीको गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी
बैशाख २०, २०८१ बिहिबार
गर्मी बढेसँगै जुनारको जुस बिक्री बढ्यो
बैशाख २०, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २०, २०८१ बिहिबार
चेन्नईलाई ७ विकेटले हराउँदै पञ्जाव विजयी
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार