अवैध १० लाख रूपैयासहित हेटौंडाका २ पक्राउ
नेपालबहस संवाददाता
फागुन २२, २०८० मंगलबार १५:५८:५७
२२ फागुन, रौतहट। नेपाली नम्बरको ब्रेजा कार र १० लाख नगद रुपैयाँ सहित हेटौंडाका दुईजना रौतहटमा पक्राउ परेका छन्।
स्रोत नखुलेको १० लाख रुपैयाँ सहित दुवैजनालाई रौतहट स्थित प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ की ३० वर्षीया मरमती मोक्तान र ३६ वर्षीय देवराज थिङ रहेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्।
इलाका प्रहरी कार्यालय बन्जरहाबाट गएको प्रहरीले टोलीले ईशनाथ नगरपालिका १ स्थित गएराति शंका लागेर उनीहरूले प्रयोग गरेको प्र३०१–०२३च ५३८५ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त नगद सहित दुवैजना लाई पक्राउ गरिएको हो।
कारमा पछाडि सवार देवराज थिङ्मले बोकेको कालो रंगको झोला भित्र लुकाई छिपाई राखेको स्रोत नखुलेको नेपाली १००० दरको नाट थान ८५० र ५०० दरको ३०० थान जम्मा जम्मा १० लाख रुपैयाँ सहित दुवैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छन्।
उनीहरूलाई बरामद नगद र कार सहित आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको डीएसपी गिरीले जानकारी दिएकी छन्।
पछिल्लो समय रौतहट, बारा सहित मधेश प्रदेशको जिल्लाहरुमा प्रहरीले धमाधम स्रोत नखुलेको रुपैया सहित मानिसलाई पक्राउ गरिरहेको छ। हिन्दूहरूको होलिपर्व नजिकिए संगै मधेश प्रदेशको जिल्लाहरुमा हुण्डी अर्थात अवैध रकमको कारोवार बढेको देखिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार