सुनको मूल्यले राख्याे नयाँ रेकर्ड, ताेलाकाे कति ?
नेपालबहस संवाददाता
फागुन २३, २०८० बुधबार ११:२९:२६
२३ फागुन, काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन: नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला रु एक लाख २३ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले बढेर नयाँ उचाइमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २२ हजार नौ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख २२ हजार चार सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार चार सय ४० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तराष्ट्रिय बजारमा हाल सुन प्रति औँस दुई हजार एक सय २६ डलर आसपास कारोबार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनको मुल्य तोलामा ४ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख १६, २०८१ आइतबार
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख १४, २०८१ शुक्रबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
इलाममा एमालेको अग्रता फराकिलो बन्दै, कांग्रेस २६४३ मतले पछाडी
बैशाख १७, २०८१ सोमबार
आजको मौसम : पहाडमा वर्षा, तराइमा हावाहुरीको सम्भावना
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
आजको राशीफल
बैशाख १७, २०८१ सोमबार
बझाङमा एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता
बैशाख १७, २०८१ सोमबार
इलाम अपडेट : अग्रता बढाउँदै एमाले, सुहाङ २२८२ मतले अगाडि
बैशाख १७, २०८१ सोमबार