खानामा माछा नदिँदा जन्ती र बेहुली पक्ष बीच कुटपिट !
नेपालबहस संवाददाता
फागुन २३, २०८० बुधबार १२:५०:६
♦ सञ्जय मिश्रा
२३ फागुन, पर्सा । खानाको बिषय लिएर विवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्ता भएको घटना भारतको विभिन्न प्रान्तमा हुने गरेको समाचार विगतमा सुन्न र पढ्न पाइन्थ्यो।
तर यस्तै घटना मधेश प्रदेशको एक पालिकामा भएको छ, जहाँ जन्तीलाई खानामा माछा नदिँदा जन्ती र बेहुली पक्ष बीच कुटपिट भएर अन्तमा बिहे बहिष्कार गरी जन्ती फिर्ता गएको घटना प्रकाशमा आएको छ।
पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका ४ को मधवल गाउँमा सखुवा प्रसौनी गाउँपालिकाको महुवनबाट सोमबार राती आएको जन्तीमा बेहुला पक्ष र बेहुली पक्षबीच कुटाकुट हुँदा बेहुली नलिईकन बेहुलासहितको जन्ती फिर्ता गएको छ ।
जन्तीमा आएकाहरुले खानामा माछा नपाएको कारण भनाभन हुँदै कुटापिटमा परिणत भएको थियो । कुटापीटमा बेहुलाका बुबा घाइते भएपछि बिहेनै नगरी जन्ती खाली हात फिर्ता हुने अवस्था आएको थियो।
कुटपीट भएपछि जन्तीहरू सबै जना भागेका थिए । जन्ती भागेको देखेर बेहुली पक्षका मानिसहरुले बेहुलालाई घरमै थुनेर राखेका थिए । घटनाको खबर पाएर तत्काल इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख इन्स्पेक्टर मोहन विक्रम केसीको कमाण्डमा गएको टोलीले बेहुलाको उद्धार गरी प्रहरी कार्यालयमा सुरक्षित राखेका थिए ।
इलाका प्रहरी कार्यालय पोखरीयामा हिजो मंगलबार दुई पक्ष बीच छलफल हुँदा बेहुलीले बिहे गर्न इन्कार गरेपछि जन्ती सहित बेहुला आफ्नो घर फर्केको इन्स्पेक्टर केसीले बताएका छन्।
स्थानीय सञ्चारकर्मी संजीव मिश्रका अनुसार एकजना जनप्रतिनिधिले घटना मिलाएर बिहे गराइदिने दिनभरि प्रयास गरेपनि असफल भएका थिए। केटी पक्षधरले दाइजोको १२ लाख रकम फिर्ता लिने अडान राखेका छन् भने केटाको पक्षले बिहेमा खर्च भएको भन्दै पैसा फिर्ता नदिने दाउमा रहेका छन्।
पर्सा प्रहरी प्रवक्ता डीएसपी कुमार बिक्रम थापाले घटनाको पुष्टि गरेका छन्। बेहुला र बेहुली पक्षबीच कुटपिट उग्र भएपछि इन्स्पेक्टर केसीको पहलमा साम्य भएको प्रवक्ता थापाले जानकारी दिएका छन्। पछिल्लो समय मधेश प्रदेशमा छोरीको बिहेमा जन्ती आउँदा प्रायः मानिसले खानामा माछा दिने गर्दछन्। कतिपय दुईपक्ष बीच खानाको बारेमा के खुवाउने भनेर पहिल्यै सहमति हुने गर्दछ।
यसरी बिहेमा माछा न खुवाउँदा कुटपिट सम्म हुने र बिहेनै बहिष्कार गरी जन्ती फिर्ता हुनु आफैंमा अप्रिय घटना भएकाले गाउँका अगुवाहरू पुनः कुनै गाउँमा यस्ता दुःखद घटना नहोस् भनेर चनाखो हुनु अथवा चेतना फैलाउनु जरुरी देखिन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशका विना विभागीय मन्त्री साहले वन मन्त्रालय नलिने
बैशाख १६, २०८१ आइतबार
कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
बाजुरामा रेबिजविरुद्धको खोप अभाव
बैशाख १७, २०८१ सोमबार
नारायणी नदीमा तटबन्ध निर्माण गरिँदै
बैशाख १७, २०८१ सोमबार
घण्टाघर सडक किनारामा ढकमक्क फुलेका ज्याकाराण्डा
बैशाख १७, २०८१ सोमबार
बझाङः एमाले ९८८९, कांग्रेस ९८८०, माओवादी ३६६३, एस २४०५ मत
बैशाख १७, २०८१ सोमबार
नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने झोलुङ्गे पुल
बैशाख १७, २०८१ सोमबार
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार