मादी नदीमाथि मोटरेबल पुल निर्माण सुरु
नेपालबहस संवाददाता
फागुन २३, २०८० बुधबार १६:१७:४३
२३ फागुन, डुम्रे 'तनहुँ' । दुई वडा जोड्नका लागि मादी नदीमाथि मोटरेबल पुल निर्माण थालिएको छ । तनहुँको व्यास नगरपालिका–५ र ७ जोड्न मोटरेबल पुल निर्माण थालिएको हो । सङ्घीय सरकारमार्फत सडक विभागले नै यहाँ पुल निर्माण गरिरहेको छ ।
उक्त पुल निर्माणका लागि नदीको दुवैतर्फ पिल्लर राख्ने काम भइरहेको एम÷एस इन्द्रेणी निर्माण सेवा प्रालिका सञ्चालक बलबहादुर रानामगरले राससलाई जानकारी दिनुभयो । नदीको बहाव कम भएको अवस्थामा नै काम गरिरहेको उनले बताए । उनले भने, “फाउन्डेसन र सबस्ट्रक्चर, डेक स्लाप, रोड एसेस र नदी संरक्षणसहितको काम गर्नेछौँ । यही हाम्रो मुख्य काम हो । विकाससँगै नदी संरक्षण हाम्रो दायित्व हो । सोही अनुसार काम गरिरहेका छौँ ।” पुल समयमा नै निर्माण गर्ने उद्देश्यले तीव्र गतिमा काम भइरहेको उनले जानकारी दिए।
लम्बाइ एक सय २५ मिटर र चौडाइ ११ मिटर पुल निर्माण गरिने उनले बताए । विसं २०७९ पुस १४ मा रु २० करोड नौ लाख ५३ हजार तीन सयमा ठेक्का सम्झौता भएको थियो । उक्त पुल निर्माणको काम विसं २०८२ पुस ६ मा सकिने गरी सम्झौता भएको छ ।
साबिक श्याम्घा र क्यामिन गाविसलाई जोड्नका लागि विसं २०५२ मा झोलुङ्गे पुल निर्माण गरिएको थियो । झोलुङ्गे पुल निर्माण भएपछि पैदल यात्रा सहज भए पनि सामग्री ढुवानीमा सकस हुँदै आएको थियो । एउटा गाविसबाट अर्को गाविसमा सामग्री ढुवानी गरेको सकसको अन्त्यका लागि स्थानीयबासी लागिपरेका थिए ।
विसं २०६३ पुस ३ गते कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा बसेको एक सय ९१ जनाको भेलाले मोटरेवल पुलको माग गरेको थियो । उक्त समितिले तत्कालीन सरकारसँग पटक–पटक मोटरेबल पुलको माग तथा प्रस्ताव पेस गर्दै आएको थियो । समितिले विसं २०६३ मा राष्ट्रिय योजना आयोगमा मोटरेबल पुलको मागसहित पुगेको स्थानीय प्रदीप घिमिरेले जानकारी दिए ।
उनका अनुसार तनहुँ टुहुरे–पुसल–कलेस्ती मार्गअन्तर्गत कलेस्ती बजार वरपर मादी नदीमा एक मोटरेबल पुल निर्माण गरिनुपर्नेमा जोड दिइएको थियो । यस क्षेत्रका उपभोक्तालाई सहजरुपमा सामान र मानिस सवारीसाधनबाट वारपार गर्न मोटरेबल पुलको माग गर्ने निर्णय समितिले गरेको थियो । यस निर्णयसहित कृष्णप्रसाद घिमिरे, मायानाथ कोइराला, प्रदीप घिमिरे, वर्तमान वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेलगायतको टोली योजना आयोगमा मोटरेबल पुलको माग गर्न पुगेका थिए ।
पटक–पटकको माग १७ वर्षपछि बल्ल पूरा हुँदै गएको घिमिरेले बताए । पुल निर्माणपछि यहाँका स्थानीयले सामान ढुवानी र मानिस आवतजावतमा नै सवारीसाधन उपयोग गर्न पाउने भएको उनले बताए । उनले भने, “राष्ट्रपतिकै गृहजिल्ला पनि भयो । उनकै दबाबपछि पुल निर्माणको कामले गति लिएको छ । यहाँका स्थानीयबासी खुसी भएका छन् । यहाँका स्थानीयलाई घुम्ती बाटो दमौली बजार पुग्नुपर्ने बाध्यता हट्नेछ । सवारीसाधन चल्ने मुख्य बाटोमा आइपुग्न हिँड्नुपर्ने बाध्यता हट्ने भएपछि यहाँका स्थानीयको खुसी छन् ।”
पुल निर्माणले व्यास–५ चिन्टुटारका स्थानीय बढी लाभान्वित हुने भएका छन् । यस क्षेत्रमा पुग्न सडक भए पनि पुल नहुँदा घुम्ती बाटो उपयोग गर्नुपर्ने बाध्यता हट्ने भएको छ । यहाँका स्थानीयले जोखिम मोलेर नै झोलुङ्गे पुलमार्फत दुईपाङ्ग्रे सवारीसाधनमार्फत सामग्री ढुवानी र आवतजावत गर्ने गरेका थिए । झोलुङ्गे पुल भएकै स्थानमा मोटरेबल पुल निर्माण हुन थालेपछि यहाँका स्थानीयमा खुसी छाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
बझाङः कांग्रेस ८९७७, एमाले ८६९३, माओवादी ३५०९, एस २३९२ मत
बैशाख १७, २०८१ सोमबार
महाकाली नदीमा रहेको झोलुङ्गे पुल
बैशाख १७, २०८१ सोमबार
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
इलामः एमाले १०,४१९, कांग्रेस ७,०६२, स्वतन्त्र ५,७६१ र रास्वपा १४४३ मत
बैशाख १७, २०८१ सोमबार
स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या
बैशाख १७, २०८१ सोमबार
इलाम २ मा एमालेका सुहाङ २८५३ मतले अगाडि, रुख र मुढाबीच टक्कर
बैशाख १७, २०८१ सोमबार