‘उपहार अभिनेत्रीको चलचित्र हो’
नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार १५:२९:६
२४ फागुन, काठमाडौं । चलचित्र ‘उपहार’ मा मोफसलबाट काठमाडौँ आएर सङ्घर्ष गर्नेको कथालाई महिला पात्रमार्फत चित्रण गरिएको निर्देशक ज्ञानेन्द्र देउजाले बताएका छन् । आउँदो शुक्रबार (फागुन २५ गते) देखि प्रदर्शन गरिने उपहारको विषयमा जानकारी दिँदै उनले तीन महिला पात्रले चलचित्रलाई अगाडि बढाउने जानकारी दिए ।
“मैले आफ्नो कथालाई महिला पात्रमार्फत भन्ने कोशिस गरेको छु । यो नारीप्रधान चलचित्र हो । हामीले पुरुष पात्रमार्फत कथा भन्ने एकै किसिमका चलचित्र दर्शकमाझ ल्याउनु हुन्न भन्ने लागेर नयाँ धार र सङ्घर्षको कथा ल्याएको हो”, निर्देशक देउजाले भने, “यो चलचित्र हेर्दा दर्शकले आफ्नै कथा महसुस गर्नु हुन्छ । उहाँहरूकै दुःख, भोगाइ र जीवनलाई चलचित्रमा ल्याउने प्रयास गरेको छु ।”
उनले चलचित्रमार्फत नयाँ प्रतिभालाई अवसर दिएको जानकारी दिए । देउजाका अनुसार अभिनेता, गायक, गायिकाले पहिलोपटक चलचित्रमा काम गरेका छन् । उनले भने, “मैले अघिल्ला चलचित्रमा पनि नयाँ प्रतिभालाई दर्शकसम्म ल्याउने गरेको थिएँ । हामीले नयाँ र पुराना कलाकारलाई साथमा ल्याउनुपर्छ । यसले गर्दा चलचित्रलाई नयाँ अनुहार पनि प्राप्त हुन्छ ।”
उनले अभिनेत्री रेखा थापासँग सात बढी चलचित्रमा काम गरेकाले सहकार्य सम्भव भएको बताए । अभिनेत्री थापाको निर्माण र अभिनय रहेको चलचित्र भएकाले पनि यसमा महिलाका मुद्दालाई उठाइएको देउजाको भनाइ छ ।
“चलचित्रमा सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेका छौँ । यहाँ समाज रुपान्तरणका कुरादेखि समाजमा भइरहने घटनाक्रम पनि उठान गरेका छौँ”, अभिनेत्री थापाले भने, “मेरो चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै सन्देश दिने गरेको छ । त्यही शैलीलाई निरन्तरता दिएकी छु ।”
‘उपहार’ चलचित्रमा अभिनेत्री थापासँगै पूजा शर्मा, बेनिषा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पणजङ्ग कार्की, शिशिर राणा, सुष्मा कार्की, विनोदकुमार पौडेललगायत कलाकारले अभिनय गरेका छन् ।
रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र वितरण काठमाडौँ उपत्यकामा करण श्रेष्ठ र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्विर
जेठ ८, २०८१ मंगलबार
चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
जेठ ९, २०८१ बुधबार
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ९, २०८१ बुधबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार