म्याग्दीमा ‘एक घर, एक धारा’
नेपालबहस संवाददाता
फागुन २५, २०८० शुक्रबार ८:५४:२३
२५ फागुन, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरेका हुन् । मुलपानी र लट्टेखोरीयाको मुहानबाट पानी ल्याएर घर घरमा धारा बनाएर वितरण गरिएको कार्यवाहक वडाध्यक्ष श्याम पुर्जाले जानकारी दिए ।
उनका अनुसार आयोजनाबाट छेम्दी टोलका ७२ घरधुरी लाभान्वित भएका छन् । धारामा मिटरसमेत जडान गरिएको छ । यसअघि छेम्दीवासीले सार्वजनिक धारा र मुहानबाट निजी लगानीमा पाइप जडान गरेर खानेपानी उपभोग गरेका छन् ।
घरमै भएको निजी धारामा नियमित खानेपानी वितरण भएपछि समयको बचत र सहज भएको स्थानीयवासी देउमन पुर्जाले बताए। खानेपानी सुविधाले स्थानीयवासीको दैनिकी परिवर्तन भएको छ । गत मङ्सिर महिनादेखि सुरु भएको आयोजना बिहीबार सम्पन्न भएपछि पानी वितरण गर्न थालिएको हो ।
कूल रु ६४ लाख ६६ हजार ६८ लागत अनुमान गरिएको आयोजना निर्माणमा उपभोक्ताले रु २२ लाख ३५ हजार ७२८ बराबरको श्रमदान गरेका गोर्खा वेयलफेयर ट्रष्टका प्राविधिक देवी थापा मगरले बताए । पाइप, सिमेन्ट, रड, फिटिङलगायत निर्माण सामग्री उपलब्ध गराएको ट्रष्टले आयोजना निर्माणस्थलमा एक जना प्राविधिक नियमितरुपमा परिचालन गरेको थियो । गोर्खा वेयलफेयर ट्रस्टको सहयोगमा अन्नपूर्ण गाउँपालिका ६ मा खिवाङ र वडा नम्बर–३ को काभ्रेमा पनि खानेपानी तथा सरसफाई आयोजना निर्माणको अन्तिम चरणमा छ ।
खिवाङमा १४२ र काभ्रेमा ७५ घरधुरी लाभान्वित हुने प्राविधिक गुरुङले बताए । गोर्खा वेयलफेयर ट्रष्टको सहयोगमा गत वर्ष अन्नपूूर्ण गाउँपालिका ४ को पटारमा निर्माण भएको खानेपानी आयोजनाबाट २९ घरधुरी, वडा नम्बर–३ को दाना बजारमा ५१ र दुवारीमा २६ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको थियो ।
गोर्खा वेल्फेयर ट्रष्टले अन्नपूर्ण गाउँपालिकाको दश वर्षे खानेपानी सरसफाइ तथा स्वच्छता योजना पनि तयार पारेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । खानेपानी विभागको मापदण्डअनुसार अन्नपूर्णका सतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन २२ थप आयोजना निर्माण गर्नुपर्ने योजनामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार