नारी दिवसः घरेलु हिंसाका १६ हजार ५ सय १२ घटना दर्ता
नेपालबहस संवाददाता
फागुन २५, २०८० शुक्रबार ११:१४:७
♦ विशाल बस्नेत
२५ फागुन, महोतरी । अखिल नेपाल महिला संघ महोत्तरीले महिला दिवसको अवसरमा गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।
जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय मार्फत महिला हिंसा र विभेदप्रति ध्यानाकर्षण गराउँदै गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण हिस्सा रहेको महिलाहरू अझै पनि कार्य स्थलमा हुने यौनजन्य दुर्व्यवहार, बेचबिखन, ओसारपसारका साथै संस्कृति र परम्पराका नाममा हुने हिंसा र आधुनिक प्रविधिको माध्यमबाट हुने हिंसामा प्रताडित बनिरहेको प्रति ध्यानाकर्षण जनाइएको छ ।
समाजका संवेदनहिन क्रियाकलापले गर्दा महिलाहरू बाँच्न पाउने अधिकारबाट समेत वञ्चित हुनुपरेको बताउँदै राज्य दायित्व निर्वाह गर्नबाट चुकेको अखिल नेपाल महिला संघ महोत्तरी कि अध्यक्ष सरस्वती चौधरीले बताइन । यिनै बिषय ध्यानाकर्षण गराउन पनि ज्ञापन पत्र दिनु परेको अध्यक्ष चौधरीको भनाई छ ।
महिला आन्दोलनको परिणामस्वरूप महिला विरुद्ध हुने हिंसा नियन्त्रण र न्यूनीकरणका लागि संवैधानिक तथा कानुनी व्यवस्था भएतापनी अनुसन्धान प्रक्रियामा ढिलासुस्ती, कानुनी कार्यान्वयनमा आएको उदासिन्ताले पिडितले न्याय पाउने अवस्था न्यून देखिएकोप्रती महिला संघले गृहमन्त्रालयलाई ध्यानाकर्षण गराएको छ ।
विद्यालय, घर, कार्यालय, सार्वजनिक स्थल, कतै पनि महिलाहरूले सुरक्षाको अनुभूति गर्न नपाएको भन्दै उनीहरुले राज्यको जिम्मेवारीप्रति खबरदारी पनि गरेका छन ।
ज्ञापन पत्रमा महिलामाथि भएका हिंसा र अपराध जन्य क्रियाकलापको अभिलम्ब छानबिन गरि पिडितहरुलाई न्याय र उचित क्षतिपूर्तिको व्यवस्था गर्ने कामलाई प्रभावकारी बनाउन जोडदार माग गरिएको छ ।
आर्थिक बर्ष २०७९/८० मा प्रहरीमा परेका उजुरीलाई मात्र हेर्दा घरेलु हिंसाका १६ हजार ५ सय १२ घटना दर्ता भएका छन । यसैगरी जवरजस्ती करणीका घटना २ हजार ३ सय ८७, जवरजस्ती करणी उधोगका घटना ५ सय १८, अपहरण तथा जवरजस्ती करणीका घटना ५९ वटा, जवरजस्ती करणी पछि हत्या गरिएका ५, बोक्सीको आरोपका घटना ४३ वटा, मानव बेचबिखनका घटना १ सय २४ वटा, बहुविवाहका घटना ७ सय २३, बालविवाहका घटना ५२ वटा, छुवाछुतका घटना २७ वटा, तेजाब हानेको घटना ३, अवैध गर्भपतनका घटना ३२ वटा छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशका विना विभागीय मन्त्री साहले वन मन्त्रालय नलिने
बैशाख १६, २०८१ आइतबार
कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार